
Sssbus1
Sssbus1
Pbu
tssbus
nsm
Gsl
ssbus
Ssbus
Ssbus
Ssbus

Hal
nsb
Rsb
Bbu
Sls
Bbbpu
Vor
Rgu
Rgs
Ssm
Tsm
Pvg
Asm
Wsp
Sbs
Ksm
Ggd
Rgu
Gst

Gsb
Pls
Abd
Mks
Rmb
bbt
Jmb
Jmb
sab
Rpp
Syp
Bml
Ptm
दाङ । लमही नगरपालिकाले १ अर्ब ३९ करोड ८१ लाख १८ हजारको बजेट प्रस्तुत गरेको छ ।
आर्थिक बर्ष २०७८/०७९ को बजेट भन्दा यो बजेट २७ करोड ३१ लाख १८ हजारले बढी हो । नगर उपप्रमुख लक्ष्मी योगीले विभिन्न बिषयगत शिर्षकमा गरि आर्थिक बर्ष २०७९/०८० का लागि उक्त बजेट प्रस्तुत गरेकी हुन् ।
संघिय सरकार समानिकरण अनुदान, समपूरक अनुदान,बिशेष अनुदान,शसर्त अनुदान, प्रदेश सरकार समानिकरण,सवारी साधन राजश्व बाँडफाँड, शसर्त अनुदान,समपुरक अनुदान,बिशेष अनुदान, आन्तरिक श्रोत लगायतबाट प्राप्त हुने रकमलाई आधार मानेर बजेट बनाइएको छ ।
नगर सभाको बैठकले बार्षिक नीति तथा कार्यक्रम संसोधन सहित सर्वसहमती बाट पारित गरेको छ । बैठकले विभिन्न ४ समितिहरु समेत गठन गरेको छ । न्यायिक समितीमा उपप्रमुख लक्ष्मी योगी संयोजक, सदस्यहरुमा केशव अधिकारी र काँशीप्रसाद चौधरी रहेका छन । लेखा समितिको संयोजकमा कालिचरण चौधरी,कृष्णबहादुर खत्री र राधा विक सदस्य चयन भएका छ ।
विधायन समितिका संयोजकमा अम्बर बहादुर वली, सदस्यमा कृष्ण गिरी र केदार चौधरी, शुसासन समितिको संयोजकमा सुमनकुमार अधिकारी, सदस्यमा लिलाकुमारी चौधरी,पार्वती रानामगर रहेको छ । नगर प्रमुख जोगराज चौधरीको अध्यक्षतामा बैठक सम्पन्न भएको हो ।
