
Sgr
Srbpu
Gis
Rmb
Unsku
Ggp
Rgp
sbs
pku
Rgp1
Pes
Djs
Lnp
Pbu
cjs
Gfs
Sds
Cps
Rgp

Rgu
Sls
Rgu
Ggd
Hal
nsb
Ssm
Sbs
Asm
Bbu
Rgs
Vor
Bbbpu
Tsm
Rsb
Pvg
Gst
Ksm
Wsp

bbt
Bml
Syp
Abd
Ptm
sab
Jmb
Rpp
Rmb
Mks
Pls
Jmb
Gsb
बाँके । शमशेरगंज ट्राफिक प्रहरीले ट्याक्टर र यात्रुवाहक गाडीसँग पैसा असुल्ने गरेको भेटिएको छ । प्राय जसो उक्त ट्राफिक कार्यालयबाट खटिएका ट्राफिक प्रहरीहरु जंगलको बिचमा चेकिङमा बसेका हुन्छन ।
पुर्व पश्चिम राजमार्गको कोहलपुर सडकखण्ड अन्तर्गत बाँकेको शमशेरगंजमा ट्राफिक प्रहरीहरुले आफ्नो कार्यालय अगाडी चेकजाँच नगरेर करिब २-३ किलोमिटर पर सुनसान जंगलमा सवारीसाधन रोकेर चेकजाँच गरिरहेको भेटिन्छन । उक्त चेकजाँचकै क्रममा ब्लुबुक लाइसेन्स लिएर निर्लज्ज मुद्रामा मोलमोलाइ गरिरहेको दृश्य सामान्य झैँ भैसकेको छ ।
नाम नखोल्ने शर्तमा एक हायस गाडीका सहचालकले भने, “फिक्स रेट छ, हायसको ५०-१०० रुपैयाँ हो । ठूलो गाडीको १०० देखि २०० हो । यात्रु कम छन भने कममा पनि मान्छन । तर पैसा दिएरै जानुपर्छ नत्र कुनै न कुनै बहानामा लाइसेन्स ब्लुबुक राखिदिन्छन । गाडी रोकेर राखिदिन्छन । बाध्यताले रकम बुझाउनुपर्छ ।”
स्रोतका अनुसार शमशेरगंज ट्राफिक प्रहरीको सबैभन्दा ठूलो आम्दानिको स्रोत भनेको खोलाबाट बालुवा, ढुंगा बोकेका ट्याक्टरबाट गरिने अबैध असुली हो ।
खोलाबाट बालुवा, ढुंगा बोकेका ट्याक्टरहरुले दिने रकममा भने भिन्नता छ । कुनै ठेकेदारले मासिक वा हफ्तामा प्रहरी कार्यालयमै ल्याएर एकमुष्ट रकम बुझाउने गर्छन भने कसैले फिल्डमै प्रत्यक ट्याक्टरको १०० देखी ३०० सम्मको रकम दिने गर्छन । प्राय अबैध असुलीमा एकमुष्ट रकम लिने गरिन्छ । उक्त अबैध असुलीबाट आएको रकम ट्राफिक प्रहरीहरुका हाकिमहरुसम्म ‘नजराना’ स्वरुप तल देखि माथी सम्म पुग्ने गर्छ ।
शमशेरगंज ट्राफिक प्रहरीको इन्चार्जको रुपमा प्रहरी नायव निरिक्षक (सइ) होम बहादुर अधिकारी कार्यरत छन । उनकै कमाण्डमा खटिएका ट्राफिक प्रहरीहरु जंगलको कुनाकाप्चामा बसेर ड्युटी गरिरहेको अहिले पनी भेटिन्छन ।
नेपालकागज
