सिधा-पत्र/क्राईमबिट मंगलबार, आषाढ ०७, २०७९

बाँके । शमशेरगंज ट्राफिक प्रहरीले ट्याक्टर र यात्रुवाहक गाडीसँग पैसा असुल्ने गरेको भेटिएको छ । प्राय जसो उक्त ट्राफिक कार्यालयबाट खटिएका ट्राफिक प्रहरीहरु जंगलको बिचमा चेकिङमा बसेका हुन्छन ।

पुर्व पश्चिम राजमार्गको कोहलपुर सडकखण्ड अन्तर्गत बाँकेको शमशेरगंजमा ट्राफिक प्रहरीहरुले आफ्नो कार्यालय अगाडी चेकजाँच नगरेर करिब २-३ किलोमिटर पर सुनसान जंगलमा सवारीसाधन रोकेर चेकजाँच गरिरहेको भेटिन्छन । उक्त चेकजाँचकै क्रममा ब्लुबुक लाइसेन्स लिएर निर्लज्ज मुद्रामा मोलमोलाइ गरिरहेको दृश्य सामान्य झैँ भैसकेको छ ।नाम नखोल्ने शर्तमा एक हायस गाडीका सहचालकले भने, “फिक्स रेट छ, हायसको ५०-१०० रुपैयाँ हो । ठूलो गाडीको १०० देखि २०० हो । यात्रु कम छन भने कममा पनि मान्छन । तर पैसा दिएरै जानुपर्छ नत्र कुनै न कुनै बहानामा लाइसेन्स ब्लुबुक राखिदिन्छन । गाडी रोकेर राखिदिन्छन । बाध्यताले रकम बुझाउनुपर्छ ।”

स्रोतका अनुसार शमशेरगंज ट्राफिक प्रहरीको सबैभन्दा ठूलो आम्दानिको स्रोत भनेको खोलाबाट बालुवा, ढुंगा बोकेका ट्याक्टरबाट गरिने अबैध असुली हो ।खोलाबाट बालुवा, ढुंगा बोकेका ट्याक्टरहरुले दिने रकममा भने भिन्नता छ । कुनै ठेकेदारले मासिक वा हफ्तामा प्रहरी कार्यालयमै ल्याएर एकमुष्ट रकम बुझाउने गर्छन भने कसैले फिल्डमै प्रत्यक ट्याक्टरको १०० देखी ३०० सम्मको रकम दिने गर्छन । प्राय अबैध असुलीमा एकमुष्ट रकम लिने गरिन्छ । उक्त अबैध असुलीबाट आएको रकम ट्राफिक प्रहरीहरुका हाकिमहरुसम्म ‘नजराना’ स्वरुप तल देखि माथी सम्म पुग्ने गर्छ ।शमशेरगंज ट्राफिक प्रहरीको इन्चार्जको रुपमा प्रहरी नायव निरिक्षक (सइ) होम बहादुर अधिकारी कार्यरत छन । उनकै कमाण्डमा खटिएका ट्राफिक प्रहरीहरु जंगलको कुनाकाप्चामा बसेर ड्युटी गरिरहेको अहिले पनी भेटिन्छन ।
नेपालकागज

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]