रंजिता शर्मा/घोराही सोमबार, जेठ १६, २०७९

दाङ । घोराही उपमहानगरपालिकाकी उपमेयर हुमा डिसीलाई खाद्य अधिकार सन्जाल दाङद्वारा सम्मान गरिएको छ ।

संजालकी अध्यक्ष समेत रहेकी डिसीलाई उपमेयरमा निर्वाचित भएपछि खाद्य अधिकार सन्जाल दाङ र फियान नेपालले संयुक्तमा कार्यक्रम आयोजना गरेर सम्मान तथा बधाई दिएको हो । कार्यक्रममा उपमेयर डिसीले सबैको साथ सहयोगमा काम गर्ने बताउनु भयो । सबै समुदायको काम गर्नका लागि आफुले भुमिका खेल्ने बताउनुभयो ।त्यस्तै कार्यक्रममा फियान नेपालका लुम्बिनी प्रदेश संयोजन शुरेस गौतमले खाद्य अधिकारको क्षेत्रमा काम गरेर जनताको सुख दुख बुझेर नेतृत्वमा पुग्नु भएका उपमेयरले सबैको हितमा काम गर्ने बताउनुभयो ।

खाद्य अधिकार संजाल दाङका सचिव सन्तोष दहितको अध्यक्षतामा भएको कार्यक्रममा मानव कल्याणका भरतराज देबकोटा,केशवकुमार शर्मा ,सिसाका साजिदा सिद्दिकी,कुसुन्डा समाजका केन्द्रीय अध्यक्ष धनबहादुर कुसुन्डा लगायतले शुभकामना दिनु भएको थियो। कार्यक्रमको सहजीकरण संजालको महासचिव मौसम आचार्यले गर्नु भएको थियो।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]