
Ksb
Rks
Rsb
Tgp
Ksb
Ppu
Fmb
Ksb
Csb
jsb
Usb
Ssb
Nsb
Ssb
Bsn
Gsb

Ssb
Usb
Gsb
Hl1
Tsb

Rgu
Nps
ptl
दाङ । घोराही उपमहानगरपालिकाकी उपमेयर हुमा डिसीलाई खाद्य अधिकार सन्जाल दाङद्वारा सम्मान गरिएको छ ।
संजालकी अध्यक्ष समेत रहेकी डिसीलाई उपमेयरमा निर्वाचित भएपछि खाद्य अधिकार सन्जाल दाङ र फियान नेपालले संयुक्तमा कार्यक्रम आयोजना गरेर सम्मान तथा बधाई दिएको हो । कार्यक्रममा उपमेयर डिसीले सबैको साथ सहयोगमा काम गर्ने बताउनु भयो । सबै समुदायको काम गर्नका लागि आफुले भुमिका खेल्ने बताउनुभयो ।
त्यस्तै कार्यक्रममा फियान नेपालका लुम्बिनी प्रदेश संयोजन शुरेस गौतमले खाद्य अधिकारको क्षेत्रमा काम गरेर जनताको सुख दुख बुझेर नेतृत्वमा पुग्नु भएका उपमेयरले सबैको हितमा काम गर्ने बताउनुभयो ।
खाद्य अधिकार संजाल दाङका सचिव सन्तोष दहितको अध्यक्षतामा भएको कार्यक्रममा मानव कल्याणका भरतराज देबकोटा,केशवकुमार शर्मा ,सिसाका साजिदा सिद्दिकी,कुसुन्डा समाजका केन्द्रीय अध्यक्ष धनबहादुर कुसुन्डा लगायतले शुभकामना दिनु भएको थियो। कार्यक्रमको सहजीकरण संजालको महासचिव मौसम आचार्यले गर्नु भएको थियो।
