
mbd
Gmk
Sds
Mbdvs
Gisld
Anm
Ksm
Rbs
Pbu
gst

Rgu
Wsp
Tsm
Rsb
Pvg
Sbs
Ssm
Hal
Ksm
Asm
Bbu
Vor
Rgs
nsb
Sls
Rgu
Gst
Bbbpu
Ggd

Jmb
bbt
sab
Rmb
Jmb
Gsb
Ptm
Pls
Mks
Syp
Abd
Rpp
Bml
अर्घाखाँची जिल्लाको शितगंगा नगरपालीकामा मा चैत १ गते राती परेको असिना पानीका कारण करौडौको क्षती भएको छ ।चैत १ गते राती परेको असिना पानीका कारण शितगंगा नगरपालीका ३,४,१० र १२ वार्डमा कृषकहरुले लगाएको तरकारी, फलफूल र अन्नबाली पुर्णरुपा क्षती भएको छ भने व्यबसायिक रुपमा बनाईएका फर्महरु समेत भत्किएर क्षती भएको छ । अत्याधिक परेको असिनाका कारण कमजोर अबस्थाका घर तथा गोठहरु लोड थाम्न नसकेरै भत्किएका छन् । शितगंगा नगरपालीका ३,४,१० र १२ वार्डमा रहेका २ हजार घरधुरी असिना पानीको प्रत्यक्ष मारमा परेका हुन् । यस क्षेत्रका दुइ हजार घरधुरीमा बिस करोड बराबरको तरकारी, फलफूल र अन्नबालीमा क्षती भएको छ भने प्रारम्भीक जानकारी अनुसार ५० लाख बराबरको घर तथा गोठहरु भत्किदा क्षतीको भएको छ ।
चार फिट सम्म परेको असिनाले शितगंगा नगरपालीकामा हिमाली क्षेत्रको झल्को दिइरहेको छ । प्राकृतिक बिपदको यस घडिमा सबै क्षेत्रबाट सहयोग गर्न नगरप्रमुख सुर्य प्रसाद अधिकारीले अपिल गर्नुभएको छ । सन्धिखर्क गोरुसिङ्के सडक अन्तर्गत सितापुर चाक्ला खण्डमा सडकमा असिना जमेका कारण यातायातका साधनहरु रोकिएका छन् । सडकमा चार फिट सम्म असिना जमेका कारण सडक अबरुद्घ भएको हो ।
