नेत्र मरासिनी,अर्घाखाँची आइतबार, चैत्र ०२, २०७६

अर्घाखाँची जिल्लाको शितगंगा नगरपालीकामा मा चैत १ गते राती परेको असिना पानीका कारण करौडौको क्षती भएको छ ।चैत १ गते राती परेको असिना पानीका कारण शितगंगा नगरपालीका ३,४,१० र १२ वार्डमा कृषकहरुले लगाएको तरकारी, फलफूल र अन्नबाली पुर्णरुपा क्षती भएको छ भने व्यबसायिक रुपमा बनाईएका फर्महरु समेत भत्किएर क्षती भएको छ । अत्याधिक परेको असिनाका कारण कमजोर अबस्थाका घर तथा गोठहरु लोड थाम्न नसकेरै भत्किएका छन् । शितगंगा नगरपालीका ३,४,१० र १२ वार्डमा रहेका २ हजार घरधुरी असिना पानीको प्रत्यक्ष मारमा परेका हुन् । यस क्षेत्रका दुइ हजार घरधुरीमा बिस करोड बराबरको तरकारी, फलफूल र अन्नबालीमा क्षती भएको छ भने प्रारम्भीक जानकारी अनुसार ५० लाख बराबरको घर तथा गोठहरु भत्किदा क्षतीको भएको छ । चार फिट सम्म परेको असिनाले शितगंगा नगरपालीकामा हिमाली क्षेत्रको झल्को दिइरहेको छ । प्राकृतिक बिपदको यस घडिमा सबै क्षेत्रबाट सहयोग गर्न नगरप्रमुख सुर्य प्रसाद अधिकारीले अपिल गर्नुभएको छ । सन्धिखर्क गोरुसिङ्के सडक अन्तर्गत सितापुर चाक्ला खण्डमा सडकमा असिना जमेका कारण यातायातका साधनहरु रोकिएका छन् । सडकमा चार फिट सम्म असिना जमेका कारण सडक अबरुद्घ भएको हो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]