
Bsn
Ssb
Ssb
Nsb
Fmb
Rsb
Rks
Tgp
Ksb
Gsb
jsb
Csb
Ksb
Ksb
Ppu
Usb

Tsb
Hl1
Usb
Gsb
Ssb

Rgu
Nps
ptl
काठमाडौं । सोमबार आजदेखि कक्षा १२ को परीक्षा शुरु भएको छ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म संचालन भएको हो । राष्ट्रिय परीक्षा बोर्डले देशभर एकैसाथ परीक्षा शुरु भएको जनाएको छ ।
त्यस्तै सोमबारदेखि शुरु हुने परीक्षा आउँदो २५ गतेसम्म चल्ने राष्ट्रिय परीक्षा बोर्ड,परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले जनाएको छ । परीक्षाका लागि देशभरका १ हजार २ सय ९२ परीक्षा केन्द्र तोकिएको परीक्षा नियन्त्रक दुर्गाप्रसाद अर्यालले जानकारी दिनु भयो ।
यस्तै उहाँका अनुसार ७७ वटै जिल्लाका तोकिएका परीक्षा केन्द्रमा अनलाइनबाट प्रश्नपत्र पठाइएको छ । परीक्षामा ४ लाख १० हजार ५० जना विद्यार्थी सहभागी भएका छन् । यसअघि गएको वैशाखमा कक्षा ११ को परीक्षा भएको थियो ।
