
Bs1
Sssbus1
Ssbus
ssbus
Ssbus
tssbus
Pbu
Ssbus
Gsl
nsm
Sssbus1

Asm
Ssm
Vor
Bbu
Rsb
Gst
Ggd
Bbbpu
Rgu
Wsp
Hal
Ksm
Rgs
Tsm
Pvg
nsb
Sls
Rgu
Sbs

Bml
sab
Abd
Rmb
Gsb
Ptm
Syp
Jmb
Jmb
Pls
Rpp
bbt
Mks
दाङ । नेकपा एमालेका महासचिव शंकर पाेख्रेलका दाइका छाेरासहित विभिन्न पार्टी परित्याग गरी ६० जना नेपाली काङ्ग्रेसमा प्रवेश गरेका छन् ।
शनिबा दाङकाे घाेराहीमा एक कार्यक्रमको बीचमा उनीहरूले काङ्ग्रेसमा प्रवेश गरेका हुन् । एमाले महासचिव पाेख्रेलका दाइका छाेरा अभिवादन पाेख्रेल एमाले परित्याग गरी काङ्ग्रेसमा प्रवेश गरेका हुन् । अभिवादन पाेख्रेल लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्री तथा एमाले महासचिव शङ्कर पाेख्रेलका दाइ देबी पाेख्रेलका छाेरा हुन् ।
देवी पाेख्रेल पनि दाङका पुराना कम्युनिस्ट नेता हुन् ।
पार्टी प्रवेश गर्दै पाेख्रेलले भने, ` घरकै काका शङ्कर मुख्य मन्त्रीदेखि पटकपटक पार्टीको जिम्मेवार पदमा रहेर काम गर्दाकाे शैली मलाई मन परेकाे थिएन । जनताका लागि काम गर्ने त आदर्शमा मात्र सीमित देखेँ ।
काकाकै काम गराइकाे शैलीले एमालेले जनताका लागि केही गर्लाजस्ताे लागेन । खालि नजिकका आसेपासे र कार्यकर्ता मात्र पाेसाउने गरेकाे देखेँ । एमाले जनताकाे पार्टी बन्न नसक्ने देखेर जनताकाे भराेसाकाे पार्टी काङ्ग्रेसमा प्रवेश गरेकाे हुँ,पोख्रेलले भने ।´
कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी ६० जना काङ्ग्रेसमा प्रवेश गरेका छन् । नव प्रवेशीहरूलाई नेपाली काङ्ग्रेस महासमिति सदस्य तथा घाेराही उपमहानगरपालिकाका उपमेयरका उम्मेदवार भूपबहादुर डाँगीले स्वागत सम्मान गरेका थिए ।
नेकपा एसका युवा नेता भीमबहादुर थापाकाे पहलमा नवप्रवेशीहरूले पार्टी प्रवेश गरेका हुन् ।
