
Gsl
nsm
Bs1
Pbu
Ssbus
Ssbus
tssbus
ssbus
Sssbus1
Ssbus
Sssbus1

Bbu
nsb
Rgs
Pvg
Ksm
Rgu
Tsm
Ssm
Sbs
Vor
Rsb
Ggd
Bbbpu
Hal
Rgu
Asm
Gst
Wsp
Sls

Mks
Rmb
Rpp
Bml
Jmb
Syp
Ptm
Gsb
bbt
Pls
Jmb
Abd
sab
दाङ । नेकपा (माओवादी)केन्द्र राजपुर गाउँकमिटीले गाउँपालिका अध्यक्ष र उपाध्यक्षको उम्मेदवारी सहित सातवटै वडाको उम्मेदवारी टुंगो लगाएको छ ।
पाँच दलीय गठबन्धनमा सहमति हुन नसकेपछि राजपुर गाउँपालिकामा नेकपा (माओवादी) केन्द्र लुम्बिनी प्रदेश कमिटीका सदस्य चक्रबहादुर खड्का ‘शिखर’लाई गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा पुष्पा यादवको उम्मेदवारी नाम अघि सारिएको हो ।
त्यस्तै खड्का शिखरका अनुसार वडामा एकीकृत समाजवादीसंग तालमेल गर्ने जानकारी दिनु भयो । हालसम्म माओवादी केन्द्र राजपुरले सातवटै वडा अध्यक्षको नाम समेत टुंगो लगाएको छ ।
जसमा राजपुरको वडा नम्बर १ को वडा अध्यक्षमा वर्तमान वडा अध्यक्ष बिष्ण बुढा मगर र वडा नम्बर २ को वडा अध्यक्षमा वर्तमान वडा अध्यक्ष दुर्गा शर्मा दोहोरिनु भएको छ भने वडा नम्बर ३ को वडा अध्यक्षमा अघिल्लो निर्वाचनमा प्रत्यासी रामप्रसाद यादव र वडा नम्बर ४ को वडा अध्यक्षमा सर्जुप्रसाद यादव,वडा नम्बर ५ को वडा अध्यक्षमा भोगेन्द्र सिंह राजपूत रहनु भएको छ ।
त्यसैगरी वडा नम्बर ६ को वडा अध्यक्षमा वर्तमान वडा अध्यक्ष श्याम रोका दोहोरिनु भएको छ भने वडा नम्बर ७ को वडा अध्यक्षमा वर्तमान वडा नम्बर ७ का वडा सदस्य समेत रहनु भएका पुष्कर ओली रहनु भएको छ ।
