
Sssbus1
Gsl
Ssbus
nsm
Ssbus
Sssbus1
Ssbus
ssbus
tssbus
Pbu

Bbu
Sls
Tsm
Vor
Rgs
Asm
nsb
Wsp
Hal
Bbbpu
Pvg
Rgu
Ggd
Ssm
Rgu
Gst
Ksm
Rsb
Sbs

Pls
Jmb
Ptm
Rmb
Jmb
bbt
Mks
Bml
Gsb
Syp
Abd
sab
Rpp
दाङ । राजपुर गाउँपालिकाको आयोजनामा सञ्चालन भएको एक महिने लोकसेवा आयोग तयारी कक्षाको बिहीबार समापन गरिएको छ । गत चैत्र ०७ गतेदेखि शुरु भएको ३० दिने लोकसेवा आयोग तयारी कक्षाको आज समापन भएको हो ।
राजपुर गाउँपालिका स्थित विभिन्न कार्यालयका कार्यरत कर्मचारीहरुबाट कक्षा सञ्चालन गरिएको थियो । लोकसेवा तयारी कक्षामा गाउँपालिकाका सात वटै वडाबाट महिला र पुरुष गरि ३१ जना यूवा विद्यार्थी भाइबहिनीहरुको सहभागिता रहको थियो। उक्त कार्यक्रम +२ सकाएका विद्यार्थीहरुलाई लक्षित गरेर आयोजना गरेको राजपुर गाउँपालिकाका सूचना प्रविधि अधिकृत शरद रेग्मीले जानकारी दिनु भयो ।
त्यस्तै तालिम समापन कार्यक्रममा मन्तव्य राख्दै राजपुर गाउँपालिका योजना शाखाका प्रमुख सनम धितालले सबैलाई लगनशील भएर पढ्न हुन सल्लाहका साथै भोलिका दिनमा सबै सँगै काम गर्ने वातावरण होस् भनिआशालिँदै उज्ज्वल भविष्यको कामना गर्नु भयो ।
यसैगरि तालिम समापन कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथि तथा गाउँपालिका उपाध्यक्ष धनपति यादवले याे एउटा दाङकै विकट क्षेत्र भएकोले यहाँ पढाई विशेष सेवा सुविधा नभएकोले यसलाई मध्यनजर गरेर हामीले यस्ताे कार्यक्रमकाे आयोजना गरेको र त्यसतर्फ अग्रसर बन्नुपर्ने उल्लेख गर्नुभएको थियो। आगामी दिनमा यस्तै कार्यक्रमको आयोजना गर्न प्रतिबद्धता समेत जनाउनु भयो ।
उक्त कार्यक्रममा राजपुर गाउँपालिकाका उपाध्यक्ष धनपति यादवको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सहजीकरण भने राजपुर गाउँपालिकाका सूचना प्रविधि अधिकृत शरद रेग्मीले गर्नु भएको थियो ।
