Sidha Patra सोमबार, बैशाख ०५, २०७९

काठमाडौं । अभिनेता पल शाहले बलात्कार गरेको आरोप लगाउँदै अदालत गएकी एक नाबालिग गायिकाले अदालतमा बयान फेरेकी छन् ।

तनहुँ जिल्ला अदालतमा आज आइतवार नाबालिगकाे तर्फबाट बकपत्र भएको थियो । त्यही क्रममा अदालतमा उनले आफूमाथि कलाकार पल शाहले बलात्कार नगरेको बयान दिएकी हुन् । अरू बयान भने यथावत् रहेको तनहुँका जिल्ला न्यायाधिवक्ता रामचन्द्र शर्माले जानकारी दिए ।

नाबालिगले बयानका क्रममा अरूको उक्साहटमा जाहेरी दिएको बताएकी छिन् । दबाब र प्रलोभनमा परेर बालिकाले बयान फेरेको हुन सक्ने कानुन व्यवसायीले बताएका छन् । नाबालिगका बुबा, आमालगायतको बकपत्र भने बाँकी छ । बुबा, आमालगायतले गरेको बकपत्र कस्तो हुन्छ त्यसको आधारमा मुद्दा थप कसरी अघि बढ्ने भन्ने निश्चित हुने कानुन व्यवसायीहरूकाे भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँमा १७ वर्षीया किशोरीका बुबाले म्युजिक भिडियो छायाङ्कनका क्रममा शाहले बारम्बार जबरजस्ती करणी र यौन दुर्व्यवहार गरेको आरोप लगाउँदै गएको फागुन ११ गते जाहेरी दर्ता गराएका थिए । जाहेरी दर्ता भएपछि फागुन १५ गते शाह प्रहरीको सम्पर्कमा आएका थिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]