
ssbus
Sssbus1
Pbu
Ssbus
Gsl
Sssbus1
Ssbus
nsm
Ssbus
tssbus

Gst
Tsm
Ggd
Pvg
Rgu
Rgs
Sls
Bbbpu
Vor
Ssm
nsb
Rsb
Sbs
Hal
Asm
Ksm
Wsp
Rgu
Bbu

Abd
Gsb
Ptm
Rpp
Rmb
Bml
Syp
Mks
bbt
sab
Pls
Jmb
Jmb
दाङ । जनता समाजवादी पार्टी नेपाल दाङ जिल्ला समन्वय समितिकाे निर्वाचन केन्द्रित बैठक जिल्ला कार्यालय घाेराहीमा सम्पन्न भएको छ ।
बैठकले प्रस्ताव नम्बर १ मा हाेम प्रसाद शर्माकाे सँयाेजकत्वमा १५ सदस्यिय दाङ जिल्ला स्थानीय निर्वाचन परिचालन सचिवालय गठन गरेकाे छ । जसमा सँयाेजक हाेम प्रसाद शर्मा,सदस्य कुल बहादुर घर्ती,लक्ष्मी चाैधरी, भरत चाैघरी,सुरेन्द्र चन्द,टाेप बहादुर महतरा,रिता यादव,जगतराम यादव,टाेप बहादुर कार्की जीवन भण्डारी,प्रकाश बिष्ट,माेहन ओलि,रण प्र सुवेदी, आईतराम बिक र बिकास अग्रवाल रहनु भएको छ ।
त्यस्तै प्रस्ताव नम्बर २ मा दाङ जिल्लाका १० वटै स्थानीय तहमा स्थानीय निर्वाचन लड्ने निर्णय गर्नुका साथै यहीँ चैत १५ गते सम्म दशवटै स्थानीय तहकाे प्रमुख र उप-प्रमुखकाे नाम शिफारिस गर्न पालिका समितिहरुलाई निर्देशन दिने निर्णय गरेको छ भने यहि १६ गते जिल्लाले पालिका प्रमुखहरुकाे नाम सार्वजनिक गर्ने निर्णय भएको छ ।
यस्तै प्रस्ताव नम्बर ३ मा स्थानीय निर्वाचनमा आवस्यक गठबन्धनका लागि,हाेम शर्माकाे सँयाेजकत्वमा कुल बहादुर घर्ती,लक्ष्मी चौधरी,जीवन भण्डारी र जगतराम यादव सदस्य रहेकाे ५ सदस्यिय बार्ता समिति गठन गरिएको छ । त्यसैगरी प्रस्ताव नम्बर ४ मा बैठकले,टाेप बहादुर महतराकाे सँयाेजकत्वमा प्रकाश चाैधरी,टाेप बहादुर कार्की, प्रकाश बिष्ट,जीवन भण्डारी,सदस्य रहेकाे ५ सदस्यिय आर्थिक ब्यवस्था उपसमिति गठन गरिएको छ भने प्रस्ताव नम्बर ५ मा जीवन भण्डारीकाे सँयाेजकत्वमा प्रचारप्रसार उपसमिति गठन गर्दै बैठक अत्यन्त साैहाद्र पुर्ण सम्पन्न भएकाे थियो ।
दाङ जिल्ला अध्यक्ष होम प्रसाद शर्माको अध्यक्षता लुम्बिनी प्रदेश मुख्यसचिव यज्ञ पोखरेलको प्रमुख आतिथ्यतामा बैठक भएको थियो भने सो बैठक कार्यक्रमको संचालन जिल्ला सचिब लक्ष्मी चौधरीले गर्नु भएको थियो ।

