
ssbus
nsm
Sssbus1
Pbu
Ssbus
tssbus
Ssbus
Gsl
Sssbus1
Ssbus

Rgu
Rgu
Ssm
Sbs
Sls
Rsb
Ggd
nsb
Bbbpu
Hal
Tsm
Vor
Asm
Pvg
Ksm
Gst
Bbu
Rgs
Wsp

Gsb
Pls
Syp
sab
Bml
Jmb
Mks
Rmb
Ptm
Abd
Rpp
bbt
Jmb
दाङ । देउखुरीको गढवा गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष बाबुराम अधिकारीले दाङ जिल्लामै नयाँ अभ्यास गरेका छन् ।
अधिकारीले निर्वाचन जितेर वडा अध्यक्ष भएपछि आफ्नो वडामा गरेका कामहरु सोमवार लमहीमा पत्रकार सम्मेलनको आयोजना गरि सार्वजनिक गरेका हुन । स्थानीय निर्वाचन नजिकिदै गर्दा जिल्लामै पहिलो पल्ट थालीएको यो अभ्यास अन्य पालिकाका वडा अध्यक्ष तथा जनप्रतिनिधीहरुकै लागी पनि सिकाईको बिषय बन्न सक्ने अनुमान गरिएको छ ।
अध्यक्ष अधिकारीले पाँचबर्षे कार्यकालमा आफूले निर्वाचनको समयमा घोषणा पत्रमा बाचा गरेका कामहरुको समिक्षा गर्दै करिब–करिब ८० प्रतिशत पुरा गरेको पत्रकारहरुसंग बताएका हुन् । उनले आफू निर्वाचित भएपछि ३ महिना नबित्दै छोरा गुमाएको र त्यसको ११ दिनपछि आमा समेत गुमाएको पिडा ब्यक्त गरे । पारिवारीक पिडा हुदा हुँदै पनि आफ्नो वडाको बिकास र समृद्धिका लागि अधिकारीले गाउँपालिका,प्रदेश र केन्द्रमा पहल गरि बजेट पारेर धेरै कामहरु गरेको कार्यक्रममा बताएका हुन् ।
त्यस्तै चुनावमा २२ वटा प्रतिवद्धता गरेको थिए,बिभिन्न चुनौती र अप्ठ्याराहरुलाई चिर्दै करिब पुरा गर्न सफल भएको छु–उनले बताए । आफ्नो वडामा खानेपानीको निकै समस्या भएको अवस्थामा जिल्ला खानेपानी कार्यालयसंगको समन्वय सहकार्यमा करिब ८÷९ करोडको बजेट तानेर सबैजसो बस्ति र टोलहरुमा खानेपानीको समस्या पुरा गर्ने प्रयत्न गरेको उनले बताए । पाँचबर्षै कार्यकालमा बिद्युत्तको पहुँच नभएको टोल बस्तीहरुमा बिद्युत्त पुगेको अधिकारीले बताए ।
आम्दा र गाउँपालिकासंगको सहकार्यमा वडानं.१ के कालाकाटेमा सामुदायिक स्वास्थ्य इकाई भवन बनाएर कर्मचारी ब्यवस्थापन गरि स्वास्थ्य क्षेत्रलाई बलियो बनाएको,गोबरडिहा स्वास्थ्य चौकीको भौतिक बिकास गरेको,निःशुल्क एमबुलेन्स सेवा,सुत्केरी पोषण भत्ता,आमा समूह,स्वास्थ्य ब्यवस्थापन समिति र महिला स्वास्थ्य स्वयंसेविकाहरुका लागि बिभिन्न अभिमुखिकरण गरिएको उनले बताए । बिपन्न र सिमान्तकृत वर्गका नागरिकहरु बसोवास गरेको यस वडामा छात्रबृत्ति,डे«स वितरण र स्वयंसेवक शिक्षकहरुलाई ब्यवस्थापन गरिएको र सबैजसो बिद्यालयहरुमा भौतिक पुर्वाधार,नेट इण्टरनेटको पहुँच बिस्तार गरिएको छ ।
यस्तै जनता माध्यमिक बिद्यालय कालााकाटेको कम्पाण्ड वाल,भवन निर्माण,रङसिङ आधारभूत बिद्यालयमा तटबन्धन,भवन निर्माण र फिल्ड ब्यवस्थापन,बडहरा बनधुस्री का बिद्यालयहरुमा भौतिक तथा शैक्षिक बिकासका कामहरु भएको उनले बताए । किसानहरुका लागि सिँचाईको क्षेत्रमा वनवारी,धानखोला तथा चिसापानीमा पक्कि कुलोहरु निर्माण गरी सेवा बिस्तार गरेको,बिभिन्न खहरे खोलाहरुमा तटबन्धन गरि मानव वस्ती संरक्षण गरिएको,कालाकाटेमा वसपार्क निर्माण र जुरौनीमा वाल उद्यान निर्माणको कामले गति लिईरहेको अधिकारीले कार्यक्रममा जानकारी गराएका हुन् ।
त्यसैगरी गढवा गाउँपालिकाका प्रबक्ता समेत रहेका अधिकारीले आफ्नो पाँचबर्षे कार्यकालमा भौतिक निर्माणतर्फ धेरै कामहरु भएको पत्रकारहरुसंग बताए । राजमार्गसंग जोडिएका ४ वटा टोलहरु बहेक झण्डै एक दर्जन बस्ति टोलहरुलाई सडक सञ्जालले जोडेको,वनवारी,मलमला, धोद्रे,जुरौनी र कालाकाटेका भित्री सडकहरु क्रमशः कालोपत्रेको काम सुरुवात गरेको,सडकका नयाँ टे«याकहरु ीबस्तार गरिएको,शहरी बिकास कार्यक्रम अन्तर्गत जुरौनी–चिसापानी हुदै रङसिङ र धानखोलो जोड्ने सडक स्तरोन्नतिका लागि झण्डै २ करोडको ठेक्का भै सकेको,रङसिङ,राप्तीनदी र खहरे खोलाहरुमा तटबन्धनका काम गरेको र सबैजसो बस्तिहरुमा नेट तथा संचारको सुबिधा बिकास भएको पत्रकार सम्मेलनमा उनले जानकारी गराए ।
पर्यटन पुर्वाधार बिकास तर्फ धानखोलाको गुफा,ट्रस्ट तथा झोलुंगे पुल,कुलपानीमा पर्यटकिय स्थल बनाउन बिभिन्न निकायहरुसंग समन्वय सहकार्य गर्दै मन्दिर,ताल,पार्क,मुर्तिहरु,पिकनिक स्पट लगायतका कामहरु सम्पन्न भै आन्तरिक र बाह्य पर्यापर्यटनमा बृद्धि भएको अध्यक्ष अधिकारीले बताए । बेरोजगार र कुलतमा फसेका युवाहरुलाई खेलकुदको माध्यमबाट सतमार्गतर्फ लम्काएको,युवा तथा खेलकुदका कार्यक्रमहरुलाइृ निरन्तरता दिएको, लक्षित वर्गहरुका बिभिन्न कार्यक्रमहरु गर्दै सामाजिक सेवा प्रबाह गरेको उनले बताए ।
अपांगता भएका नागरिकहरुको परिचय पत्र बनाउने शिविर संचालन गरि सामाजिक सुरक्षा भत्तामा संलग्नता बढाएको,जेष्ठ नागरिक अभिनन्दन तथा ब्लाङ्केट वितरण,पिछडीएका वर्ग तथा मुस्लीम एवं थारु कुमाल समूदाय र महिला तथा वालवालीकाका बिभिन्न कार्यक्रमहरुमा सहयोग गर्दै लक्षित बर्गका नागरिकहरुमा सबैखाले कार्यक्रमहरु पुर्याएको उनले बताएका छन् ।
निर्वाचनमा बाचा गरेका करिब ८० प्रतिशत कामहरु पुरा गरेको छु,जनताले मलाई छाने र पार्टीले छान्यो भने एक कार्यकाल फेरी वडा अध्यक्ष बन्ने मन छ–उनले बताए । नेपाल सरकारको सुरक्षित आवास संग वडा सरकारको समेत पहलमा खरका छाना हटाउने र भूमिहिन सुकुम्बासीहरुलाई जग्गाको मालिक बनाउन पालिकाको नेतृत्वमा जग्गा नापी गर्ने कार्यपनि एक नम्बर वडाबाटै सुरु भएको पत्रकार सम्मेलनमा अधिकारीले बताए । आगामी दिनमा आफूले पाँच वर्षे अवधिमा बिभिन्न निकायहरुसंग बजेट तानेर तथा वडाको पहलमा भएका कामहरुको पत्रकारहरुलाई स्थलगत अबलोकन गराउने कार्यक्रम समेत बनाएको उनले बताए ।
