
Ssbus
Sssbus1
Ssbus
Gsl
Ssbus
nsm
tssbus
Pbu
ssbus
Sssbus1

Gst
Rgu
Bbbpu
Wsp
Vor
Sls
Ggd
Rgu
nsb
Hal
Ksm
Pvg
Ssm
Rgs
Sbs
Bbu
Rsb
Asm
Tsm

Jmb
Pls
Mks
bbt
Bml
Abd
Jmb
sab
Rmb
Ptm
Gsb
Rpp
Syp
कपिलवस्तु । कपिलवस्तुको कृष्णानगर नगरपालिका ३ मा रहेको मदरसा अहले सुन्नत फैजे मुस्तफा अतिकीया लक्ष्मीनगरको आयोजनामा समाज विकासमा मदरसाहरुको भुमिका एवं भुमिका तथा सम्मान कार्यक्रमका प्रमुख अतिथी मुस्लिम आयोगका अध्यक्ष मा.समिम मियां अन्सारी विशिष्ट अतिथि मुस्लिम आयोगका सदस्य मा.मिर्जा अरशद बेग,मा.महमदिन अली तथा अतिथीमा लुम्बिनी प्रदेश मदरसा बोर्डका उपाध्यक्ष मौलाना मशहुद खां नेपाली, विजयनगर गाउपालिका अध्यक्ष गोपाल थापा, राष्ट्रीय मदरसा संघ नेपालका अध्यक्ष डा अब्दुल गनी अलकुफी,वडाध्यक्ष सगीर अहमद,वडाध्यक्ष जमील अहमद,डा जहीरुल खां, जहिर अहमद बरेलवी रहेका थिए।
मुस्लिम समुदायको हक अधिकार उत्थान विकास तथा मदरसा,चिहान(कब्रस्तान)हरुको संरक्षण मुस्लिम बाल बालिकाहरुको लागि लोक सेवा तैयारी कक्षा संचालन तथा मुस्लिम महिलाहरुको लागि सिलाई कढ़ाई जस्ता कार्यक्रम एनजीओहरुको माध्यमले कक्षा संचालन गरि शिक्षीत तथा सचेत गर्ने कार्यहरु गरेको आगामी दिनमा समेत कार्यक्रमहरु थप गर्ने प्रमुख अतिथि मुस्लिम आयोगका अध्यक्ष मा.समिम मियां अन्सारीले बताएका छन् ।
अध्यक्ष अन्सारीले मुस्लिम समुदायबाट आएका सुझाव सल्लाहलाई समेटेर निती निर्माण गरि रहेको, मुस्लिमहरुको शिक्षामा मदरसाहरुको ठुलो योगदान रहेको कारणले शिक्षा मंत्री लाई भेटेर मदरसालाई मुलप्रवाहिकरणमा ल्याउन पटक पटक दबाव दिदै आएको ,मुस्लिम आयोगले वार्षिक प्रतिवेदन माध्यमले समुदायका बिभिन्न समस्या बारे समाधानको लागि सिफारीस गरि राष्ट्रपति समक्ष पेश गरे त पनि जुन तरिकाले सदनमा मुद्दाहरु प्रति सांसदहरु बहस गर्नु पर्ने त्यों तरिकाले गरेको हामी बाहिरा सुन्न पाएका छैनौं भन्ने गुनासो समेत पोखे।
हामीले संविधान जारी हुनु भन्दा अंगाड़ी नै मुस्लिम समानुपातिक समावेशी सिद्धांत अनुसार आरक्षणको लागि धेरै पटक बहस आन्दोलन गर्यो र २०७२सालको संविधानमा छुट्टै क्लस्टर कायम गरेको र ६ वर्षको अन्तरालमा हामी क्लस्टर त पायो तर दुर्भाग्य बस प्रयोग गर्न पाएनौ कानुन पास नभएर छलफलको बिषयमा राखि ओझेलमा परेको र पटक पटक मुस्लिम आयोगको तर्फ बाट सम्बन्धित समिती,सांसद सचिवालय, प्रधानमंत्री कार्यलय र लोकसेवा आयोगलाई पत्राचार गरेर छिटो भन्दा छिटो कानुन पास गरि मुस्लिम आरक्षण कोटाका लागि आग्रह गर्दा छिटै कानुन पास हुने आश्वासन पाएको अध्यक्ष अन्सारीले बताए ।
साथै मुस्लिम आयोगले अत्यन्त गम्भीर भएर मुस्लिम समुदायको उत्थान र विकासका लागि मुस्लिम बाहुल प्रदेश सरकारहरु संग छलफल गरि आआफ्नो प्रदेशमा रहेका मुस्लिम समुदायका समस्यालई समाधान गर्नको लागि आग्रह समेत गरेको वहाले जिकिर गरे। कार्यक्रमका विशिष्ट अतिथि मुस्लिम आयोगका सदस्य मा.मिर्जा अरशद बेगले कार्यक्रम लाई सम्बोधन गर्दै पछाडी परेका समुदाय शिक्षा बाट वंचित रहेका समुदायलाई कसरी मुलधारमा ल्याउनु पर्छ कसरी शिक्षीत बनाउने सोच जब सम्म सम्बन्धित निकायमा बसेका पदाधिकारीको हुदैन तब सम्म समस्याको समाधान हुन्न। मुस्लिम आयोग सम्बैधानिक आयोग बनि सकेपछि हामी निरन्तर समस्याहरुको समाधान खोजी सम्बन्धित निकायहरु संग छलफल गरेका छौ र छिटै बदलाव आउने बेगले बताउनु भयो।
त्यस्तै लुम्बिनी प्रदेश मदरसा बोर्डका उपाध्यक्ष मौलाना मशहुद खां नेपालीले लुम्बिनी प्रदेश भित्र रहेका मदरसाहरुको स्थिती र प्रदेश सरकारले यो आ.व.को वजेट विनियोजन गर्दा मदरसाहरुको समावेशिता बारे जानकारी गराउदै मदरसा शिक्षा मुलप्रवाहिकरण तथा मुस्लिम समानुपातिक समावेशी सिद्धांत अनुसार आरक्षणको समस्यालई छिटै समाधान गरि पुर्णरुपमा व्यवहारमा ल्याउनको लागि पहल गर्न कार्यक्रममा उपस्थित मुस्लिम आयोगका पदाधिकारीहरु संग अनुरोध गरेका थिए । कार्यक्रम संचालन युवा व्यापारी मिर्जा राशिद बेगले गरेका थिए।
