
Gsl
tssbus
Sssbus1
Ssbus
nsm
Pbu
Sssbus1
ssbus
Ssbus
Ssbus

nsb
Rgs
Bbu
Bbbpu
Wsp
Asm
Gst
Tsm
Rsb
Rgu
Sls
Rgu
Ggd
Ksm
Vor
Sbs
Pvg
Ssm
Hal

Abd
bbt
Pls
Rpp
Bml
Ptm
Mks
Jmb
Jmb
Gsb
Rmb
Syp
sab
काठमाडौँ । सिंहदरबारस्थित चण्डीदल गणको ५ तले भवनको निर्माण हुने भएको छ । उक्त भवनको सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले सोमबार शिलान्यास गरेकी हुन् ।
सहरी विकास तथा भवन निर्माण विभागको आयोजनामा निर्माण हुने उक्त भवन २२ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य रहेको विभागले जनाएको छ । कूल ३६८ बेड क्षमताको उक्त भवन ६५ करोड ९५ लाख ४९ हजार ९६४ रुपैयाँ लागत अनुमान गरिएको छ । तुण्डी रसुवा बिकोई जेभीले निर्माण गरिरहेको भवन १ लाख वर्ग फिटमा निर्माण हुँदैछ । कूल ७०२ जना सैनिक अट्ने भवनमा १९२ जनाले एकै पटक खाना खान सक्ने किचन समेत निर्माण हुनेछ ।
भवनभित्र सैलुन, लुगा धुने ठाउँ, वर्कसप, ४ वटा ब्याडमिन्टन कोर्ट र एक बास्केटबल कोर्ट समेत निर्माण गरिने विभागले जनाएको छ । भवनको शिलान्यास गर्दै मन्त्री झाँक्रीले समयमै आयोजना सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिइन् । मन्त्रालयको तर्फबाट सेनाको लागि उक्त भवन निर्माण गर्ने अवसर पाएकोमा खुसी व्यक्त गर्दै मन्त्री झाँक्रीले ताेकिएकाे समयमै हस्तान्तरण गर्न समेत आतुर रहेको बताइन् ।
यस्तै भवन निर्माण कम्पनीका प्रतिनिधि सुमन सुवेदीले आफूहरू समयमै निर्माण सम्पन्न गर्न प्रतिबद्ध रहेको बताए । यस्तै रक्षा मन्त्रालयका सचिव किरणराज शर्माले सिंहदरबारभित्र गुणस्तरीय सैनिक भवन निर्माण हुनु सुखद विषय भएको बताए । उनले सेना विकास र शान्तिको अमूल्य सूचक भहेको भन्दै सेनालाई स्रोत साधन सम्पन्न बनाउन मन्त्री झाँक्रीको पहल सराहनीय रहेकाे बताए । कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्व पौडेल, शहरी विकास सचिव मणिराम गेलाल, शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक पद्म कुमार मैनाली, रक्षा सचिव किरणराज शर्मा लगायतकाे उपस्थिति थियो ।
