
nsm
tssbus
Sssbus1
ssbus
Pbu
Ssbus
Ssbus
Sssbus1
Ssbus
Gsl

Asm
Pvg
nsb
Wsp
Hal
Gst
Sbs
Rgu
Ksm
Bbu
Rgu
Ssm
Ggd
Rgs
Vor
Rsb
Bbbpu
Sls
Tsm

Rmb
Ptm
Pls
Bml
Jmb
Abd
Rpp
Mks
bbt
sab
Syp
Gsb
Jmb
दाङ । सरकारले जसरी भए पनि एमसीसी पास गर्ने तयारी थालेपछि देशैभर विरोध चर्किन थालेको छ । चौतर्फी विरोध भइरेकोमा एमसीसीको विरोधमा दाङको लमहीमा नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी युवा संघ नेपाल, राष्ट्रिय जनमाेर्चा र नेपाल कम्युनिस्ट पार्टीले संयुक्त आयाेजनामा मसाल जुलुस प्रदर्शन गरेका छन् ।
एमसीसी खारेजीको माग गर्दै लमहीमा तीन दलले बजार परिक्रमा गर्दै मसाल जुलुस प्रदर्शन गरेका हुन् । बुधबार साँझ एमसीसी विरुद्धमा शान्तिपूर्ण रूपमा मसाल जुलुस गरेको युवा संघ नेपाल दाङका अध्यक्ष हरिस गिरिले जानकारी दिनुभयो । उहाँले एमसीसी खारेजी हुनुपर्ने मागसहित विरोध प्रदर्शन जारी रहने बताउनुभयाे ।
एमसीसीको विरोधमा माओवादी, नेकपा (एकीकृत समाजवादी) लगायत राजनीतिक दलहरूले विरोध गर्दै आएका छन् । सरकारमा रहेका माओवादी र एकीकृत समाजवादीका भातृ संगठन सडक प्रदर्शनमा उत्रिएका छन् । लमहीको काेइलाबास चोकबाट शुरु भएको ¥यालीले भेटघाट हाेटल हुदैँ चोकमा पुगी कोणसभामा परीणत भएको थियो ।
काेणसभालाई नेपाल कम्युनिस्ट पार्टीका लमही नगर इञ्चार्ज जनक विक, राष्ट्रिय जनमाेर्चा लमही नगर कमिटी अध्यक्ष हरि थापा लगायतले सम्बाेधन गर्नुभएको थियो । कार्यक्रमकाे सहजिकरण नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी युवा संघ नेपाल लमही नगर अध्यक्ष किसन भट्टराईले गर्नुभएको थियो ।
