शिवु खनाल/लमही बुधबार, फाल्गुण ११, २०७८

दाङ । सरकारले जसरी भए पनि एमसीसी पास गर्ने तयारी थालेपछि देशैभर विरोध चर्किन थालेको छ । चौतर्फी विरोध भइरेकोमा एमसीसीको विरोधमा दाङको लमहीमा नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी युवा संघ नेपाल, राष्ट्रिय जनमाेर्चा र नेपाल कम्युनिस्ट पार्टीले संयुक्त आयाेजनामा मसाल जुलुस प्रदर्शन गरेका छन् ।

एमसीसी खारेजीको माग गर्दै लमहीमा तीन दलले बजार परिक्रमा गर्दै मसाल जुलुस प्रदर्शन गरेका हुन् । बुधबार साँझ एमसीसी विरुद्धमा शान्तिपूर्ण रूपमा मसाल जुलुस गरेको युवा संघ नेपाल दाङका अध्यक्ष हरिस गिरिले जानकारी दिनुभयो । उहाँले एमसीसी खारेजी हुनुपर्ने मागसहित विरोध प्रदर्शन जारी रहने बताउनुभयाे ।

एमसीसीको विरोधमा माओवादी, नेकपा (एकीकृत समाजवादी) लगायत राजनीतिक दलहरूले विरोध गर्दै आएका छन् । सरकारमा रहेका मा‌ओवादी र एकीकृत समाजवादीका भातृ संगठन सडक प्रदर्शनमा उत्रिएका छन् । लमहीको काेइलाबास चोकबाट शुरु भएको ¥यालीले भेटघाट हाेटल हुदैँ चोकमा पुगी कोणसभामा परीणत भएको थियो ।

काेणसभालाई नेपाल कम्युनिस्ट पार्टीका लमही नगर इञ्चार्ज जनक विक, राष्ट्रिय जनमाेर्चा लमही नगर कमिटी अध्यक्ष हरि थापा लगायतले सम्बाेधन गर्नुभएको थियो । कार्यक्रमकाे सहजिकरण नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी युवा संघ नेपाल लमही नगर अध्यक्ष किसन भट्टराईले गर्नुभएको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]