Sidha Patra सोमबार, फाल्गुण ०९, २०७८

दाङ । देउखुरीको राजपुर गाउँपालिका अन्तरगत नेकपा (माओवादी) केन्द्र राजपुरले वडा स्तरमा जन सम्बन्ध सुदृढ तथा संगठन विस्तार अभियान चलाएको छ ।

सोमबार राजपुर गाउँपालिका वडा नम्बर ६ का पार्टी कमिटी अध्यक्ष नेत्र बहादुर खत्रीको अध्यक्षता तथा लुम्बिनी प्रदेश कमिटीका सदस्य चक्रबहादुर खड्का (शिखर)को प्रमुख आतिथ्यता र राजपुर गाउँ कमिटीका अध्यक्ष श्याम बहादुर रोका मगरको विशेष अतिथिमा बसेको बैठकले टोल बनाउने,टोल सेल,साधारण सदस्य वितरण,जवस मोर्चाका भेला गर्ने,गाउँ बस्तीमा बस्ने निर्णय गरेको हो ।

त्यसैगरी बैठकमा राजपुर गाउँ कमिटीका सहसचिव दिलमती वलि,टंकेश्वर गुप्ता लगायतले आफ्नो भनाइ राख्नु भएको थियो । त्यस्तै सो अवसरमा काङ्ग्रेसका सक्रिय सदस्य सुर्य प्रसाद चौधरीले नेपाली काङ्ग्रेस पार्टी परित्याग गरि नेकपा (माओवादी)केन्द्रमा प्रवेश गर्नु भएको छ । उहाँलाई प्रदेश कमिटीका सदस्य चक्रबहादुर खड्का (शिखर)ले पार्टी प्रवेश गराउनु भएको थियो ।

यस्तै बैठकमा वडा कमिटीका सदस्यहरुले आफ्नो टोल बस्तीको बारेमा रिपोर्ट प्रस्तुत गर्नु भएको थियो भने बैठकको संचालन वडा कमिटीका उपाध्यक्ष धनबहादुर गुरुङले गर्नु भएको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]