
Gsl
Ssbus
tssbus
Sssbus1
Ssbus
nsm
ssbus
Pbu
Sssbus1
Ssbus

Bbbpu
Hal
Vor
nsb
Asm
Tsm
Ssm
Rgu
Rgu
Sls
Pvg
Rsb
Ksm
Gst
Bbu
Ggd
Sbs
Rgs
Wsp

Gsb
bbt
Jmb
Jmb
Syp
Rmb
sab
Rpp
Abd
Mks
Bml
Pls
Ptm
दाङ । सोमवार देउखुरीको गढवामा एक कार्यक्रमका बिच १०९ औं शाखाको रुपमा सांग्रीला डेभलप्मेण्टको शाखा कार्यालय उद्घाटन भएको छ । उक्त बिकास बैंक नेपालगंज बाँकेका क्षेत्रीय प्रबन्धक जयन्द्र बहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रममा गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवले मंगलधुनका साथ बैंकको नाममा रहेको बोर्ड अनाबरण गरि उद्घाटन गर्नुभएको हो ।
बैंकको उद्घाटन गर्दै अध्यक्ष यादवले बिकास र समृद्धिको माध्यम मध्येको बैंक पनि एक भएको बताउँदै गढवा क्षेत्रका जनताको मन जित्नेगरि बैंकले आफ्ना गतिविधि संचालन गर्न आग्रह गर्नुभयो । कार्यक्रममा बोल्दै गढवा गाउँपालिका वडानं.६ का वडा अध्यक्ष बालचन्द्र ठकूरी हमालले सेवाग्राहिलाई सन्तुष्ट पार्न सकेमा बैंकको सफलता हुने बताउनुभयो ।
सो अवसरमा गढवा उद्योग बाणिज्य संघका अध्यक्ष खिमबहादुर बुढा मगरले किसान तथा ब्यवसायि मैत्रि वातावरण सृजना गर्न बैंकलाई शुभकामना दिनु भयो । कार्यक्रममा उद्योग बाणिज्य संघ गढवाका संस्थापक अध्यक्ष युवराज पोखे्रल,चेतनशिल महिला समाज गढवाका अध्यक्ष सकुन्तला डिसी लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो । कार्यक्रममा गढवाका बिभिन्न राजनितिक दलका प्रतिनिधीहरु,बैंक तथा बित्तिय संस्थाका प्रमुखहरु र स्थानीय ब्यवसायीहरुको सहभागिता रहेको थियो ।
स्थानीय बिकासको आधार भन्ने मुल नाराका साथ देउखुरीको गढवामा १०९ औं शाखाको रुपमा उक्त शाखा देउखुरीको गढवामा सोमवारदेखि संचालनमा ल्याईएको शाखा प्रबन्धक तेज बहादुर नेपालीले बताउनुभयो । बिगत १८ बर्ष अगाडी सांग्रीला डेभलप्मेण्ट बैंकको स्थापना बाँके जिल्लाबाट भएको र यसले अहिले नेपालका अधिकांश जिल्लाहरुमा शाखा बिस्तार गरि सकेको क्षेत्रिय प्रबन्धक जयन्द्र खड्काले बताउनुभयो ।
यस बैंकले बैंकीङ सेवा अन्तर्गत बचत तथा कर्जा प्रबाह,एटिएम सेवा,सेमिट्यान्स सेवा,जेष्ठ नागरिक र महिलाहरुका लागि बिशेष प्राथमिकता,कृषि तथा ब्यवसायिक क्षेत्रमा कर्जा प्रबाह र अधिकतम ब्याजदरका साथ साधारण तथा मुद्दतिमा क्रमशः ११.५५ र १२.५५ प्रतिशतले सेवा प्रबाह गरेको शाखाका प्रबन्धक नेपालीले बताउनुभयो । बैंकका शाखा प्रबन्धक तेज बहादुर नेपालीको स्वागत मन्तब्यबाट सुरु भएको बैंक उद्घाटन कार्यक्रमको संचालन पत्रकार दुखहरण यादवले गर्नुभएको थियो ।

