
tssbus
Pbu
Ssbus
Sssbus1
Ssbus
nsm
Gsl
Sssbus1
Ssbus
ssbus

Sbs
Rgu
Bbu
Hal
Vor
Wsp
Pvg
Ksm
Tsm
Rsb
Ssm
Bbbpu
nsb
Sls
Ggd
Asm
Rgu
Rgs
Gst

Jmb
Jmb
Gsb
Mks
Bml
bbt
Ptm
Abd
Syp
Pls
sab
Rpp
Rmb
भैरहवा । चीनले नेपालको भूमि अतिक्रमण गरेकोप्रति नेपाल सरकार मौन किन भन्दै नागरिक समाजका अगुवाहरुले प्रश्न गरेका छन् । चीनद्वारा नेपालका विभिन्न भुभाग अतिक्रमणमा परेकोले यसप्रति सरकार गम्भिर हुनुपर्नेमा जोड दिएका छन् ।
नागरिक समाज,रुपन्देहीले भैरहवामा आयोजना गरेको चीनद्वारा नेपालको भूमि अतिक्रमण सम्बन्धमा नेपाल सरकार मौन किन ? विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने अगुवाहरुले भूमि अतिक्रमण जुनुसकै मुलुकले गरे पनि त्यो गलत भएको बताएका छन । भारतले सीमा अतिक्रमण गर्दा चर्को आवाज उठाउने तर चीनले भूमि अतिक्रमण गर्दा चुप लागेर बस्ने प्रवृत्ति ठीक नभएको बताएका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि पूर्व कृषि राज्यमन्त्री ओमप्रकाश यादव (गुल्जारी)ले राष्ट्रियताको सवालमा सबै एकजुट हुनुपर्ने बताएका छन । उनले भने, ‘भारतले सीमा अतिक्रमण गर्दा बोल्छौ, त्यो ठीक छ तर चीनले अतिक्रमण गर्दा पनि त्यसकाविरुद्ध आवाज उठाउनुपर्छ ।’ नेता गुल्जारीले नेपालले भारत र चीन दुवैसंग राम्रो सम्बन्ध स्थापित गर्नुपर्ने बताएका छन ।
त्यस्तै नेता तथा सामाजिक अगुवा राजेन्द्र गुप्ताले सत्यको पक्षमा बोल्नुपर्ने बताएका थिए । उनले चीनले नेपाली भूमि अतिक्रमण गरेको विषयमा आवाज उठाउनुपर्नेमा जोड दिएका छन् । समाजसेवी आनन्द प्रसाद गुप्ताले सीमा अतिक्रमणका विषयमा राजनीतिक दलका नेता तथा सरकार गम्भिर हुनुपर्ने बताएका छन । युवा नेता महेन्द्र गुप्ता (प्रशान्त)ले सीमा अतिक्रमण गलत कार्य भएको बताएका छन् ।
नागरिक अगुवा अखिलेन्द्र पाण्डेले चीनले सीमा अतिक्रमण गर्दा आवाज उठाउनुपर्ने बताएका थिए । त्यस्तै विश्वनाथ रायले सीमा विवाद समाधान गर्न सरकार संग आग्रह गरेका छन । समाजसेवी प्रेमनाथ शुक्ला, सरिता श्रीवास्तवले भूमि अतिक्रमणविरुद्ध आवाज उठाउनुपर्ने बताएका थिए । राजेन्द्र गुप्ताको अध्यक्षता, ओमप्रकाश यादव (गुल्जारी)को प्रमुख आतिथ्यता तथा महेन्द्र गुप्ता (प्रशान्त)को सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
