अजय मिश्र/कपिलवस्तु मंगलबार, फाल्गुण ०३, २०७८

कपिलवस्तु । नेकपा माओवादी केन्द्रका नेता एवम् कृष्णनगर उद्योग बाणिज्य संघ पुर्व अध्यक्ष श्री गुरु शरण सिंह( बन्टि सरदार )आज बाणगंगामा भएको नेकपा एमाले कपिलवस्तुको दोस्रो पुर्ण बैठकमा एमालेमा प्रवेश गर्नुभएको जानकारी गराइएको छ ।

एमाले कृष्णनगर नगर कमिटी सचिवालय सदस्य चर्चित युवा नेता मिर्जा राशिद वेगको पहलमा सरदार लगायत हिम्मत सिंह,आत्मजीत सिंह,राम चन्द्र जयसवाल एमालेमा प्रवेश गरेको नेता बन्टिले जानकारी दिनु भयो । त्यस्तै आज नै एमालेमा उहाँसगैं नेकपा एकिकृत समाजबादी पार्टी जिल्ला सचिव सर्बेन्द्र खनाल सहित ७ जना नेकपा एमालेमा प्रवेश गर्नु भएको नेकपा एमाले कपिलवस्तुले जनाएको छ ।

नेकपा एस जिल्ला सदस्य विनोद भट्टराई,अजय पान्डे,दिल्ली राज पान्डे,भिम प्रसाद भट्टराई,सन्तोष पान्डे, अमृत घिमिरे एमालेमा प्रवेश गर्नु भएको नेकपा एमाले जिल्ला अध्यक्ष डम्मर शर्माले जानकारी दिनु भयो । नेकपा एमालेमा आज प्रवेश गर्नु भएका बन्टी सरदारले आउने स्थानीय चुनावमा नगर कमिटी तथा पार्टीको निर्देशन अनुसार अगाडि बढ्ने बताउनुभयो । आउने समयमा कृष्णनगर क्षेत्रका अन्य चर्चित नेता हरू समेत नेकपा एमालेमा प्रवेश गर्नै सचिवालय सदस्य मिर्जा राशिद वेगले बताउनु भयो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]