
Ggp
Ksbus
Msbus
Ggp
Asbus
Lnp
Ksbus
Sdc
Rgp

सुनवल । भारतले सीमा मिचेको विरोधमा नेपाली जनता जागिरहेको बेला देशप्रेमको भावनाबाट ओतप्रोत नयाँ गीत सार्वजनिक भएको छ।
लोकप्रिय गायक अनि सर्जक हुम गैरेले ‘कालापानि हाम्रै हो,नालापानी हाम्रै हो’ बोलको गित सार्वजनिक गरेका छन। बिशाल मुभिज प्रा.लि मार्फत उक्त गीत बजारमा आएको हो।गीतले मिचिएको सीमा फिर्ता गर्न सबै नेपाली एकसाथ जुटौँ भन्ने सन्देश दिन खोजेको छ। गायक एवं सर्जक गैरेले मिचिएको सिमाना रक्षा गर्न सबै नेपालीहरु एकजुट हुनुपर्ने सन्देश दिन गीतमार्फत आवाज उठाएको बताए। उनले भने, ‘भारतको विस्तारवादी सोच सामू झुक्न नहुँने भन्दै नेपाली कला क्षेत्रबाट सचेत गराउन हामीले गीत निकालिका हौं ’ गायक गैरे कै लय,शब्द अनि निर्देशन रहेको गीतलाई रबिन्द्र खड्काले खिचेका हुन् । नेपाली गीत संगीतको बजारमा धेरैको मन जित्ने बिश्वास गरियको देशभक्ति गीत कालापानि हाम्रै हो,नालापानी हाम्रै हो लाई सफल्ताको सुभकामना ।
