
Gisld
Ksm
Gmk
Mbdvs
Anm
Sds
Pbu
Rbs
mbd
gst

Bbbpu
Bbu
Sls
Pvg
Asm
Ggd
Rgu
Rgs
Gst
Tsm
Rsb
Rgu
Sbs
Hal
Ssm
Wsp
Vor
Ksm
nsb

Mks
Syp
Gsb
Ptm
Abd
Rmb
Bml
Pls
Jmb
sab
Jmb
Rpp
bbt
काठमाडौं । दिवेश पोखरेल अमेरिकन आइडलको फस्ट रनर अप बनेका छन् । अमेरिकाको कन्सास राज्यको विचिटा शहरमा बस्दै आएका २२ वर्षीय पोखरेल अमेरिकन आइडलको १८ औँ संस्करणको फस्ट रनर अप बनेका हुन् ।
छनोट चरण हुँदै अन्तिम २०, १०, ७ र फाइनल चरणका लागि अन्तिम पाँचभित्र समेटिँदै पोखरेल फाइनलमा पुगेका थिए । अमेरिकन आइडलमा आर्थर गनको नामबाट सहभागी पोखरेलले आइडलको छनोट चरणदेखि नै निर्णायकको मत जित्दै आएका थिए । मतमार्फत अघि बढ्ने चरणमा समेत उनले उत्साहप्रद मत प्राप्त गरेका थिए । उनको आइडलको सहभागितासँगै अमेरिकामा रहेको नेपाली समुदायमा आइडलप्रतिको चासो ह्वात्तै बढेको थियो । विश्वभर छरिएको नेपाली समुदायबाट उनलाई मत प्राप्त भएको थियो । त्यसका निम्ति पोखरेलले सबैमा आभारसमेत व्यक्त गरेका छन् ।
गत सेप्टेम्बरमा दिवेश आइडलका लागि छनोट भएका तिए । फ्रेन्च कवि आर्थर रिमबाउडबाट प्रभावित भएर आफ्नो स्टेज वा साङ्गीतिक नाम आर्थर गन राखेको बताउनुहुने दिवेश छ वर्षअघि अमेरिका आएका हुन् । काठमाडौँमा जन्मिएका दिवेशले अमेरिका आउनुअघि पनि नेपाली सङ्गीतिक कोसेली एलबम ‘ग्रहण’ सार्वजनिक गरेका थिए ।
दिवेश फस्ट रनर अप भएको एबिसी टेलिभिजनले सञ्चालन गर्ने आइडलको उपाधि भने २१ वर्षीया जष्ट सामले जितेका थिए । उपाधि विजेता जष्ट लाइबेरियाली मूलकी हुन् ।
