शिवराज खनाल आइतबार, माघ ०४, २०७७

दाङ । भर्खरै ‘सीतको पानी’ बनेर रंगमञ्चमा छायका दाङ का उदयमान मोडल सागर भण्डारी ‘गोरी’ उषा उप्रेतीको प्रेम मोहमा अल्झिएका छन् ।

नेपाली मौलिक पहिरनमा ठाँट्टिएका सागरले म्यूजिकि भिडियो मार्फत गोरी प्रतिको अथाह प्रेम ब्यक्त गरेका छन् । केहि दिन अघि मात्रै सार्वजनिक भएको यो गीत मुलतः गाउँले परिवेश अनि गहिरो प्रेममा आधारित छ । कुमार पौडेल र कुसुम मगरनीको आवाजमा रहेको यो गीतमा कुमार पौडेलले संगित भरेका छन् भने राजकुमार बगरले गीत लेखेका हुन् ।

नेपाली कला क्षेत्रका ‘उम्दा’ कलाकार सागर भण्डारी रंगमञ्चमा फेरी उदय भए । कलाकारीताको औपचारिकताबाट केहि समयको ‘गुमनाम’ । गायकीबाट कलाकारीता सुरु गरेका दाङका उनि यो अवधिमा टिकटक ‘ब्वाए’ बन्ने लयमा ब्यस्त बने । मुलतः फिल्मी संबादमा दुरुस्तै अभिनय सहित टिकटकमा छाएका सागरले टीक टक बाटै धेरै गीत को अफर पनी पायका छन उनले सामाजिक सञ्जाललाई ‘अभिनय स्कुल’ का रुपमा उपयोग गरे ।

उनि भन्छन् ‘टिकटक मेरा लागि अभिनय सिक्ने पाठशाला बन्यो ।’ बिस्तारै उनि यो अभिनयशालाबाट बाहिरिए । कारण उनि फेरी रंगमञ्चमा रंगिन पुगे । दाङ घोराहीका सागर रेडीयो मध्यपश्चिम एफ एम को कुशल आर जे पनी हुन साथै राजनीतिक दलका नेताहरुको आवाज दुरुस्तै नक्कल गर्न सक्ने माहिर कलाकार हुन् । अभिनयसंगै उनले आँफूलाई गायकको रुपमा समेत कलाकारीता क्षेत्रमा उभ्याएका छन् । त्यसोत, उनको यो क्षेत्रमा प्रवेश गायकीबाटै भएको थियो । उनले सुरुमा ‘राप्ती झैँ बग्यो मायाँ’ बोलको गीतबाट गायन आरम्भ गरेका थिए ।

त्यसपछि उनले ‘मोज गरौँ जवानीमा’ बोलको अर्को गीतमा आवाज दिए । ‘गीतबाट साथीभाईहरुको राम्रै प्रतिकृया पाएँ, अनि यो क्षेत्र झनै प्रिय लाग्दै जान थाल्यो,’ उनि भन्छन् । झण्डै आधा दर्जन गीत गायकी पछि उनि कलाकारीता क्षेत्रमै अर्को पहिचान बनाउने योजनामा लागे । फलतः उनले ‘तिम्रो घरको आँगनीमा’ बोलको गीतबाट मोडलिङमा डेब्यु गरे । यस गीत को छायांकन दीनेश पराजुली ले गरेका हुन भने गीत का डाइरेक्टर बीशाल नेपाली हुन ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]