
Ratbs
gms
Rbs
dsbus
Csbus
Gsl
Ssbus
Jsbus
Pbu
Bksbus5
Nssbus7
Syees
Ddhbs
Amb
syysr
Gsbus

Tsm
Bbu
Ksm
Asm
Bbbpu
Rsb
Wsp
Rgu
Ssm
Rgu
Gst
Sbs
nsb
Vor
Ggd
Pvg
Hal
Sls
Rgs

Syp
Bml
Mks
sab
Gsb
Jmb
Rmb
bbt
Ptm
Jmb
Pls
Rpp
Abd
दाङ । लुम्बिनी प्रदेशबाट तीन सिट सहित राष्ट्रियसभामा रिक्त हुन लागेका १९ सिटका लागि घोराहीमा मतदान जारी छ । घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा बिहान ९ बजेदेखि सुरु भएको मतदान दिउँसो ३ बजेसम्म जारी रहने कार्यतालिका रहेको छ ।
चारवटा मतदान केन्द्रमार्फत मतदान गर्ने व्यवस्था मिलाइएको निर्वाचन अधिकृत नीमराज भट्टराईले जानकारी दिनुुभएको छ । मतदानस्थलमा स्वास्थ्यकर्मीहरुको व्यवस्था मिलाइएको छ भने कोरोना संक्रमितहरुलाई सुरक्षितढंगले मतदानको व्यवस्था मिलाइएको उहाँको भनाइ छ ।
राष्ट्रियसभामा लुुम्बिनी प्रदेशबाट कोमल ओली, दृगनारायण पाण्डे र रामलखन चमारको चार वर्षे कार्यकाल सकिन लागेको छ । तीन सिटका लागि सत्ता गठबन्धन र नेकपा एमालेका उम्मेदवारबीच प्रतिस्पर्धा हुँदैछ ।
जस अनुसार गठबन्धनमा नेपाली कांग्रेसबाट बाँकेका युवराज शर्मा, नेकपा एकीकृत समाजवादीबाट पाल्पाकी राज्यलक्ष्मी गैरे र राष्ट्रिय जनमोर्चाको तर्फबाट रूपन्देहीका तुलबहादुर विश्वकर्मा उम्मेदवार रहनुुभएको छ । त्यस्तै एमालेको तर्फबाट दाङका रामदयाल गुप्ता, बाँकेकी भारती खनाल उपाध्याय र गुल्मीका कृष्ण सुनार उम्मेदवार रहनुु भएको छ ।
