
syysr
Nssbus7
Rbs
Pbu
gms
Ratbs
Amb
Gsbus
Ddhbs
Syees
Jsbus
Bksbus5
Gsl
dsbus
Ssbus
Csbus

Rsb
Bbbpu
Ssm
Gst
Bbu
Rgu
nsb
Rgu
Ksm
Vor
Sbs
Rgs
Wsp
Sls
Tsm
Asm
Pvg
Ggd
Hal

Ptm
Pls
Gsb
Abd
bbt
Rpp
Mks
Syp
Rmb
Jmb
sab
Bml
Jmb
दाङ । नेकपा एमाले दाङ जिल्लाका निवर्तमान अध्यक्ष टिकाराम खड्काले समयमा निर्वाचन नभए २०६२/०६३ को जनक्रान्तिको उपलब्धि गुम्ने तर्फ चिन्ता ब्यक्त गरेका छन् ।
खड्काले वर्तमान गठबन्धन सरकार निर्वाचन नगरि सत्तामा टिकि रहन खोज्दा प्राप्त उपलब्धि गुम्न सक्ने तर्फ संकेत गरेका छन् । आगामी २०७९ बैशाख १४ गते कानुनतः स्थानीय सरकारको ५ वर्षे अवधि पुरा हुने र जन निर्वाचित सरकारको वैधता माथि प्रश्न चिन्ह खडा हुने तर्फ चासो ब्यक्त गरेका छन् ।
खड्काले आफ्नो फेसबुक वालमा लेखेका छन् । “स्थानीय सरकार संबिधान र कानुन ऐन बमोजिम निर्वाचन २०७९ बैशाख १४ गते ५ वर्ष पुग्छ । स्थानीय सरकारको अवधि समाप्त हुनेछ । जननिर्वाचित सरकारको बैधानिकता समाप्त हुने छ।गठबन्धन सरकार निर्वाचन नगरि सत्तामा टिकिरहन चाहन्छ किन ? निर्वाचनमा नजाने जनतामा गएर जनादेश लिन नपर्ने कारण केहो बुझ्न सकिएन ।
निर्वाचन नभए संबैधानिक रिक्तता हुनेछ । यस कारण राजनैनिक तथा संबैधानिक अस्थिरता बढ्ने छ । यस प्रकारको अस्थिरताले २०६२/०६३ सालको प्राप्त जनक्रान्तीको उपलब्धि गुम्नेछ । संघीय लोकतान्त्रिक गणतन्त्र समाप्त हुनेछ। संविधान बिपरित निर्वाचन नभए २०५९ सालमा शेर बहादुर देउवाको कारणबाट उत्पन्न संकट दोहोरिने छ । त्यसर्थ समय भित्र स्थानीय निर्वाचन सम्पन्न गर्ने दाहित्व वर्तमान सरकारकै हो । नभागौ है लोकतन्त्र वादी हरु।”
