
Ssb
Ppu
Rsb
Usb
Ksb
Bsn
Fmb
Tgp
Csb
Nsb
Ksb
jsb
Gsb
Ssb
Ksb
Rks

Usb
Hl1
Tsb
Ssb
Gsb

Nps
Rgu
ptl
कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्ण नगरपालिका वडा नं १ मा जनता समाजवादी पार्टी नेपाल कृष्णनगरले बुधबार मधेसी शहिदहरूको समझनामा बलिदानी दिवस मनाएको छ ।
कार्यक्रमका प्रमुख अतिथि केन्द्रीय परिषद सदस्य अकरम पठान,विशिष्ट अतिथि जसपा नेपाल लुम्बिनी प्रदेश सदस्य राम सेवक यादव,पूर्व सांसद प्रत्याशी तथा जसपा नेपाल लुम्बिनी प्रदेश प्रतिनिधि जगदीश प्रसाद चौधरी रहनु भएको थियो ।
त्यसैगरी कार्यक्रममा मधेस आन्दोलनका क्रममा शहिद हुनेहरूको समझनामा मौन धारण तथा दिप प्रज्वलन गरिएको थियो ।
त्यस्तै कार्यक्रममा बोल्दै प्रमुख अतिथि पठानले मधेसी जनता नेपाल देश बनाउन ठूलो योगदान गरेको,मधेसी जनताको बलिदान व्यर्थ नजाने बताउदै मधेसी जनताको हकहितका लागि आफूहरू सधै समर्पित रहने बताउनु भयो । यस्तै कार्यक्रममा रामसेवक यादव,बजरंगी गुप्ता,निखिल पाठक लगायतले आ-आफ्नो मन्तव्य राखनु भएको थियो
त्यसैगरी उक्त कार्यक्रममा मोहम्मद अरबाज खान, राम कुमार लोहार, वृजेश कुमार गुप्ता, राम शंकर जयसवाल,असीष यादव लगायतको सहभागिता रहेको थियो ।
