
Pbu
Ssbus
Sssbus1
ssbus
Gsl
tssbus
Ssbus
Ssbus
Sssbus1
nsm

Rsb
Ssm
Bbu
Hal
nsb
Vor
Asm
Sls
Ggd
Ksm
Sbs
Bbbpu
Rgu
Rgu
Tsm
Pvg
Wsp
Gst
Rgs

Jmb
Syp
bbt
Gsb
sab
Rmb
Abd
Mks
Rpp
Jmb
Pls
Ptm
Bml
काठमाडौं । रंगशाला निर्माणका क्रममा भ्रष्ट्राचार गरेको भन्दै धुर्मुश–सुन्तली फाउन्डेशनविरुद्ध अख्तियारमा भ्रष्टाचारको उजुरी परेको छ ।
वेदप्रसाद भण्डारी नामबाट इमेल मार्फत फाउण्डेशन बिरुद्ध उजुरी गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । कलाकार सिताराम कट्टेल अध्यक्ष रहेको फाउण्डेशनले चितवनमा रंगशाला निर्माणका क्रममा भ्रष्टाचार गरेको भन्दै अख्तियारमा उजुरी परेको हो ।
त्यस्तै उक्त फाउण्डेशनले चितवनको भरतपुरमा बन्दै गरेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणारम्भ गरेको थियो । फाउण्डेशनले दातृ निकाय, विदेशमा रहेका नेपाली श्रमिक तथा सरकारकाबाट रकम उठाएर रंगशाला निर्माण गर्ने प्रयास गरेपनि निर्माण सम्पन्न गर्न भने सकेको छैन ।
वेदप्रसाद भण्डारीले निर्माणाधीन रंगशालामा विभिन्न निकायबाट उठाइएको रकम बराबरको खर्च नगरिएकोले भ्रष्ट्राचार गरेको भन्दै उजुरी दिएका हुन् । हाल प्राप्त उजुरी अख्तियारमा दर्ता भइसकेको जनाइएको छ । अब अनुसन्धानसमेत तत्काल हुने अख्तियारले जनाएको छ । हालसम्म रंगशाला निर्माणको भौतिक प्रगति भने जम्मा १४ प्रतिशत मात्रै सम्पन्न भएको छ । तर उता फाउण्डेशनले भने हालसम्म रंगशाला निर्माणका लागि ५४ करोड रुपैयाँभन्दा बढी खर्च भइसकेको विवरण प्रस्तुत गरेको छ । डिपीआर तयार गर्दा रंगशालालको निर्माण खर्च करिब ३ अर्ब लागतमा निर्माण हुने अनुमान गरिएको थियो ।
त्यसका साथै फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल (धुर्मस)ले रंगशाला निर्माणका लागि आश्वसन अनुसार सहयोग नभएको भन्दै १७ करोड ऋण लागिसकेको बताउदै आएका छन् । फाउण्डेसनले रंगशाला निर्माणको गन नसकेको भन्दै स्वामित्व ग्रहण गरिदिन भरतपुर महानगरलाई आग्रह गर्दै आएको छ ।न्युज ट्वान्टीफोर
