
Csbus
Ssbus
Nssbus7
Gsl
dsbus
Gsbus
Pbu
Rbs
Jsbus
Syees
Bksbus5
syysr
gms
Ratbs
Ddhbs
Amb

Bbu
Tsm
Ggd
Asm
Rsb
Vor
Ssm
nsb
Ksm
Rgu
Hal
Bbbpu
Pvg
Gst
Sls
Rgu
Rgs
Wsp
Sbs

sab
Syp
Ptm
Abd
Mks
Jmb
bbt
Pls
Rpp
Jmb
Bml
Gsb
Rmb
काठमाडौं । चीनमा उपचाररत रहेका नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन डिस्चार्ज हुनु भएको छ ।
अस्पतालबाट डिस्चार्ज भएर उहाँ आज नेपाल आउन लागेको अनेरास्ववियु क्रान्तिकारीका नेता दिपेश पुनले बताउनु भएको छ । दिपेशले सामाजिक सञ्जालमार्फत नेता पुन डिस्चार्ज भएर नेपाल आउन लागेको जानकारी गराउनु भएको हो । जण्डिसका कारण पुनलाई उपचारका लागि थाइल्यान्ड लगिएको थियो । तर, सुधार नभएपछि फेरि चीन लगिएको थियो । उहाँ तीन महिना भन्दा लामो उपचार पछि स्वदेश आज फर्किन लाग्नु भएको हो ।
त्यस्तै पुन माओवादी केन्द्रको एक महासचिवको दाबेदार हुनुहुन्छ । हिजो पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुनकै आग्रहमा पदाधिकारीको चयन प्रक्रियालाई पछाडि सार्नु भएको बताउनु भएको थियो । पदाधिकारीमा सबैभन्दा बढी प्रतिस्पर्धा महासचिवमा देखिएको छ ।
यस्तै अहिलेका अर्थमन्त्री जनार्दन शर्मा र उर्जामन्त्री पम्फा भुसाल पनि महासचिवको आकाङ्क्षी हुनुहुन्छ ।माओवादीको विधानमा एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, महासचिव, २ उपमहासचिव, ३ सचिव र कोषाध्यक्ष रहने व्यवस्था छ । तर, आवश्यकता अनुसार केन्द्रीय समितिले पदाधिकारीको सङ्ख्या थपघट गर्न सक्ने व्यवस्था पनि पार्टीको रहेको छ ।
