
Pbu
dsbus
Ddhbs
Bksbus5
Rbs
Jsbus
Gsbus
syysr
gms
Gsl
Nssbus7
Csbus
Syees
Ssbus
Ratbs
Amb

Bbu
Gst
Wsp
Ksm
Ssm
Sbs
Ggd
Rgs
Bbbpu
nsb
Rgu
Hal
Vor
Rgu
Asm
Rsb
Pvg
Sls
Tsm

Jmb
Mks
Abd
Rmb
bbt
Pls
Syp
Bml
sab
Ptm
Rpp
Jmb
Gsb
काठमाडौं । आसन्न राष्ट्रिय सभा चुनावबारे छलफल
गर्न सत्ता साझेदार दलहरुको बैठक आज बस्दै छ ।
बैठक आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने प्रधानमन्त्री शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए । सत्ता साझेदार दलहरुको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले गर्दै आएको संसदको अवरोध खुलाउने विषयमा पनि छलफल हुनसक्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
यद्यपि आगामी माघ १२ गते हुने राष्ट्रिय सभा चुनाव नै बैठकको मुख्य एजेण्डा रहेको स्रोतले बतायो । सत्ता साझेदार दलहरु गठबन्धन बनाएर निर्वाचनमा जाने तयारीमा छन् ।
त्यस्तै राष्ट्रिय सभा निर्वाचनका लागि यही पुस २० गते (मंगलबार) उम्मेदवारी दर्ताको कार्यक्रम छ । २१ गते उम्मेदवारीमा दाबी विरोधको उजुरी दिने, २२ र २३ गते उजुरीमाथि जाँचबुझ गरी निर्णय गर्ने, २४ गते उम्मेदवारले नाम फिर्ता लिने र २५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका बनाइएको छ ।
सोही दिन उम्मेदवारलाई निर्वाचन चिहृन प्रदान गर्ने र तोकिएका मतदान केन्द्रमा माघ १२ गते बिहान ९ बजेदेखि अपराहृन ३ बजेसम्म मतदान हुने आयोगले जनाएको छ । त्यसअघि निर्वाचनमा भाग लिन चाहने दललाई पुस १ गतेदेखि १० गतेसम्म दल दर्ता गर्ने समय दिइएको थियो ।अनलाइनखबर
