
Ksb
Ssb
Ppu
Bsn
Ssb
Rks
Ksb
Ksb
Tgp
Csb
Rsb
Usb
Nsb
Gsb

Tsb
Hl1
Gsb
Usb
Ssb

Nps
ptl
Rgu
काठमाडौं । सोमबार विहान कपिलवस्तुमा १० नयाँ कोरोना संक्रमित भेटिएका छन् । योसँग नेपालमा कोरोना संक्रमितको संख्या १२० पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको परीक्षणमा कपिलवस्तु यशोधरा गाउँपालिका ५ र बुद्धभूमि नगरपालिका ७ का २० र ३४ वर्षका दुई–दुई तथा १८, १९, २४, ३०, ३१ र अर्का एक जना उमेर नखुलेका पुरुष गरि १० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
सुरुवातमा कोरोना संक्रमण रोक्न सरकार सफल भएपनि सीमा नाकामा कडाई नहुँदा नेपाल निकै ठुलो जोखिममा परेको छ । भारतबाट लुकिछिपी आएकाहरुमा कोरोनाको संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कपिलबस्तु, पर्सा, वीरगञ्ज र नेपालगञ्जामा कोरोनाको जोखिम बढेको छ ।
