
Syees
Ssbus
Rbs
Csbus
Gsl
Amb
Jsbus
Ratbs
Bksbus5
Gsbus
Ddhbs
dsbus
syysr
Nssbus7
gms
Pbu

Wsp
Rgu
Rsb
nsb
Rgu
Vor
Ksm
Ggd
Sls
Gst
Bbu
Pvg
Sbs
Hal
Ssm
Asm
Bbbpu
Rgs
Tsm

Pls
Rpp
Jmb
Ptm
Rmb
Mks
bbt
Jmb
Abd
Syp
Bml
Gsb
sab
दाङ । नेकपा एकिकृत समाजवादी पार्टीका केन्द्रिय अध्यक्ष माधव कुमार नेपालले पाँच दलीय गठबन्धन आगामी चुनावसम्म रहने बताउनु भएको छ । लुम्बिनी प्रदेशको स्थायी राजधानी भालुबाङमा प्रदेश स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेपालले पाँचदलीय गठबन्धनले नै राष्ट्रिय सभामा साझा उम्मेदवार बनाएर जाने बताउनु भयो । उहाँले भन्नुभयो,स्थानीय तहदेखि अन्य निर्वाचनमा पनि सँगै जानेछौँ।’
त्यस्तै अध्यक्ष नेपालले विभिन्न वामपन्थी पार्टीसँग एकता हुन लागेको पनि खुलासा गरेका छन् । यही पुस १३ गते काठमाडौंमा विभिन्न साना पार्टीसँग एकताको घोषणा गर्ने तयारी रहेको अध्यक्ष नेपालले बताए ।
उनले केपी शर्मा ओली व्यक्तिवादमा चल्न थालेकाले पार्टी विभाजनको विकल्प नरहेको बताए । ओली गुटबाद र व्यक्तिवादमा चल्न थाले,दक्षिणपन्थी भासमा पुगाए,नेता नेपालले भने । त्यस्तै उनले ओली गणतन्त्र विरोधी भएको समेत बताएका छन् । संसद बिघटन गरेर ओलीले संविधान मिच्ने काम गरेको बताउँदै अध्यक्ष नेपालले भने । ओली प्रवृत्ति विचारको हिसाबले कम्युनिस्ट होइन,माक्सवादी होइन’उनले संविधान मिच्ने काम गर्ने ब्याक्ती कहिले लोकतान्त्रीक हुन नसक्ने बताएका थिए ।
नेपालले दाङ जिल्ला थुप्रै सम्भावना बोकेको जिल्ला भएको भन्दै जिल्लामा उत्पादन हुने कृषि तथा पशु जन्य उत्पादन र पर्यटनलाई अगाडि बढाउन सकियो भने आर्थिक रुपमा जिल्ला सक्षम हुने उनको दाबी थियो । जिल्लाको विकास र समृद्धिको लागि सहयोग गर्न आफु तयार भएको बताए । भेलालाई पार्टीका सचिब एवं लुम्बिनी प्रदेश इन्चार्ज भागवत विश्वासी, उपमहासचिव प्रकाश ज्वाला लगायतका नेताले सम्बोधन गरेका थिए ।

