
Jsbus
Nssbus7
Pbu
Bksbus5
dsbus
Ssbus
Ratbs
syysr
Gsl
Ddhbs
gms
Amb
Csbus
Rbs
Gsbus
Syees

Ggd
Sls
Vor
Bbu
Wsp
Gst
Rsb
Ksm
Rgu
Hal
Tsm
nsb
Ssm
Asm
Pvg
Sbs
Rgu
Rgs
Bbbpu

Gsb
Rmb
Bml
Syp
Jmb
Ptm
Mks
Jmb
sab
Rpp
Pls
Abd
bbt
पोखराबाट मामाले फोन गर्नु भयो ।
भानिज मैले एक ठाउँ केटि हेरेको छु । तपाईं नआइकन कुरो चलाउन मिलेन तपाईं भोली नै आउनुस ।
मामा – केटि कहाकी हो ?
स्याङ्जाकि हो भानिज आउनुस र सबैकुरा भेटेर गरम्ला ।
अर्को दिन बुटवलबाट पोखराको बस चढेर म यात्रामा निस्कन्छु । म बस्ने छेउको सिट खाली हुन्छ । गाडीमा बस्दा आफ्नो बिहेको तनाव त छदै छ झन छेउमा कस्तो पर्ने हो भनेर तनाव हुने ।vomit गर्ने केटि परि भने त लास्टै नमज्जा हुन्छ ।मामाले कस्ती केटि पो हेरेका होलान् । मनमा कुतकुती लाग्छ । मनमा अनेकौं कुरा खेल्छन् ।सिद्धबाबा पुगेपछि एक लोग्ने मान्छे चढ्छ ।केटामान्छे परेपछी आफ्नो भाग्री आफै सराप्न मन लाग्नी रैछ ।भर्खरकि केटि भए गफ हान्दै जान रमाइलो हुन्थ्यो ।मनको लड्डु घिउसित खाउ भने झै भयो ।
दोभान पुगेपछि छेउमा बसेको मान्छेलाई खलासी उभ्याउछ । ऊ नजिकै जाने रैछ । म बसेको सिटको छेउमा एउटी महिला बस्न आउँछे ।उसङ्ग बच्चा पनि हुन्छ । यसो हेर्दा अन्दाजी २७-२८ वर्सकी देखिन्छे । म आफ्नो झोला काखमा च्यापेर आँखाहरु झ्यालबाहिर डुलाउँछु ।
हरेक वस्तुहरु छोडिदै छोडिदै गएको देख्छु ।जीवनको उमेर पनि हर जन्मदिनमा छोडिदै छोडिदै गएको सम्झन्छु ।बिहे को कुराले बेहुलो बन्ने कुराले नया जिम्मेवारी र कौतुहलताले एकैपटक सताउँछ ।
घरीघरी सोच्थें – जीवनप्रतिको मोहले दुख दिन्छ ,अध्यात्मको मार्गमा हिड्छु ।जीवन प्रतिको प्रेमको मोहमा डुब्नुभन्दा इश्वरिय मार्गमा हिड्नु बेस हो ।कुनैबेला बडो विरक्तलाग्दो सोचाइले सताको थियो ।तर जीवनको गति सधै एकनास नहुने रहेछ ।यो सामाजिक परम्परा अंगालेर सामाजिक प्राणी बन्नु पर्ने रहेछ ।
बिहेपछी जन्जालमा फसिन्छ यार बुद्ध जस्तो गरेर हिड्न सकिन्न ।बे गरेकाले अनुभव सुनाउथे ।
बिहेपछिको जीवन त्यती कुरुप नि हुदैन जसले जीवनको सार्थकता सिकाउदै परिपक्वतातिर लैजान्छ ।पारिवारिक प्रेमको स्वरुप नै अर्कै हुन्छ ।
अर्कोथरीहरु सुनाउथे ।
फेरि मैले सोच्थें – बिहेको लड्डु खाएपनि पछुताउनु पर्ने नखाएपनी पछुताउनुपर्ने ।त्यो भन्दा त खाएरै पछुताउनु ठिक होला ।
आँगनको डिलमा फुलेको रहरलाग्दो गुलाब हेरेर सोच्थें – बा आमालाई पनि बुहारी हेर्ने रहर हुदो हो ।बैनीहरुले जिस्काइराख्थे – दाइ अब त बुढो हुनु भो भाउजु ल्याउनु परो हाम्लाई जन्ती जाने रहर पुरा गर्दिनुपरो ।
“तिमिहरुको खुट्टाको जल ख्वाएर पठाएपछि बल्ल भाउजु ल्याउने ”
बैनीहरुलाई सधै यै कुराले टार्थें ।
बाटोका परिदृश्यहरु हेरेर टोलाईराखेको बेला गणेश दाइको फोन आउछ –
दाइ म काम परेर पोखरातिर हिडेको म तिमिलाई पुगेपछि फोन गर्छु एउटा कामको वातमा हिनेछु ।
छेउकी महिलाले सोध्छे – हजुर पोखरा जान लाग्नु भएको हो?
हजुर ।अनि हजुर कहा जान लाग्नु भएको ?।प्रतिपश्न गर्छु ।
म त वालिङसम्म जान लागेकि ।
हजुरलाई वोमिट हुने भए झ्यालतिर बस्नुस ल ।
होइन ठिकै छ हुदैन वोमिट त ।
अनि बाबु हो कि नानी हो?कतिको भयो?
बाबु हो अब 2 वर्स पुग्न लायो ।
बाबु ज्ञानी रैछ त रुदा पनि नरुने।
वार्तालाप रोकिन्छ ।
मामाले मलाई कुन चै को ex भिडाएर बर्बादीको सफरमा हिडाउने हुन् ।मनमनै कुरा खेल्छ ।
एक समयमा यो जीवनमा कोहि आएको थियो ।उसो त अहिलेको समयमा ex नहुने को हुन्छ र ! हुन त सबैजना कहा देवदास बन्छन् र !उसले भनेकी थिइ – छोरी पाएपछि छोरीको नाम समिरा राख्ने हइ ।कहिलेकाही जिस्काएर भन्थी –
ए समिराको बा खुप लौनी पल्टेर हिनेछौ अचेल।तिम्लाई छोरछोरीको मय लाग्दैन क्यो ।मलाई विचल्ली पारेर विपत्ता हुने मन छ क्यो !
नभाको बुढिमाउँको छोरछोरीको क्यार्न मय लाउस ।मैले पाउन मिल्नी भा त उहिले पाइसक्थें ,स्वास्नी किन चाइन्तो र ! पहिले बे त गर ।
अचानक ऊ सङ्गका संवादहरु बसको टायर घुमेजस्तै मुटुमा घुम्न थाल्छन् ।ऊ राम्दी पुल तरेर कहा पुगि थाहा छैन ।ऊसङ्गका सम्झनाहरु भने सेती नदी जस्तै हृदयमा सुस्साइरहेछन ।
गाडी केराबारी पुगेर रोकिन्छ ।यस्सो बच्चा छोप्दिनु न म पकौडा किनेर आउछु
धन्न सिटमा ex परिने ex को बच्चा समात्न परेको भए त नमज्जा हुन्थ्यो ।बच्चाले सुसु गर्देओ भने त झ्याउ हुन्छ बर्बाद हुन्छ ।मनमनै ex बाद पनि खेलिरहन्छ ।
गाडी स्टार्ट हुन्छ तर ऊ आउँदिने ।मैले खलासीलाई भन्छु – हेर्नु न याँ बच्चाको आमा आउनुभएन कता हराउनु भो एकैछिन रोक्नु न ।
खलासीले भन्छ – फोन गर्नुस न उहालाई ।तपाईंको श्रीमतीलाई फोन गरेर बोलाउनुस छिटो ।
(गाडीले हर्न बजाइराख्छ )
उहाँ मेरो श्रीमती होइन एकैछिन बच्चा हेर्दिनु म पकौडा किनेर आउछु भनेर जानु भाथ्यो ।म उहालाई चिन्दा नि चिन्दिनँ ।
फेरि खलासीले भन्छ – धेरैबेर रोक्न मिल्दैन टाइममा पुग्नुपर्ने हुन्छ कि त झर्नुस कि त हिड्नुस ।
प्रवास पुगेर प्रहरीलाई जिम्मा लगाइदिन्छु यहि सोचेर हिन्छु ।
कस्तो अप्ठ्यारो मोड आयो ।बच्चा छोडेर कहा गएकि होली ।कस्ती निष्ठुर आइमाइ रैछे यार मनमनै रिस उठ्छ ।कताकता डर पनि लाग्छ अब के हुने हो भनेर ।गाडीका अरु मान्छे आफ्नै धुनमा मस्त भएको देख्छु ।ऊ पक्कै अर्को गाडीमा बच्चा खोज्दै आउली ।कि त अपहरण पो गरे उसलाई ।नाम ठेगाना सोध्नुपर्ने कस्तो भुल गरेछु थुक्क !के दिनमा हिडेछु ।
मन यतिकै अतालिन्छ ।त्यो बच्चाकि आमा भेट्टिने भने के गर्ने !
यतिकैमा गाडी प्रवास पुग्छ ।म गाडीबाट ओर्लन्छु र प्रहरी कार्यालयमा जान्छु ।
सर गाडीमा एक जना महिलाले बच्चा हेर्दिनु म पकौडा किनेर आउछु भनेर गकि आउनुभएन ।त्या हेर्दा नि भेटिनुभएन ।अनि बच्चा यतिकै छोड्न नि मिलेन ।
प्रहरीले बडो शंकास्पद शैलीमा हेर्छ ।लाग्छ म एउटा अपराधी नै हुँ ।
महिलाको नाम ठेगाना फोन नं छ?
म – त्यो त छैन सर ।
अनि सबै कुरा नभइ जाहेरी दरखास्त दर्ता गर्न मिल्दैन ।
यो बच्चाको आमा नभेटिएसम्म तपाईंले नै जिम्मेवारी लिनुपर्ने हुन्छ ।तपाईंको काखमा आएको बच्चालाई तपाईंले छोड्न मिल्दैन नत्र तपाईंलाई कानुन लाग्छ ।चिन्दै नचिनेको व्यक्तिको जिम्मेवारी लिनु भनेको तपाईंको गल्ती हो ।
म – सर यसमा मेरो केहि गल्ती छैन ।मैले त बच्चा एकछिन समातेको मात्रै मानवीय धर्म सम्झेर ।
सर केहि गर्नुस न पिलिज ।
सर केहि गर्नुस न पिलिज ।
म कापेको स्वरमा बोलिरहन्छु ।
हामीबाट मिल्दैन तपाईंले नै यसको जिम्मेवारी लिनुपर्ने हुन्छ ।
मेरो मुटुले ठाउ छोड्छ ।धड्कनको गति बढ्छ ।मेरो दिमागले केहि सोच्नै सक्दैन ।बच्चा एक्कासि रुन थाल्छ ।फकाउन खोज्छु रुन छोड्दैन ।एक जना सुवेदी थरका पत्रकारलाई फोन गर्छु – घटनाको विवरण बताउछु ।जवाफ उहि आउछ – बच्चाको आमा नभेटिएसम्म तपाईंले नै यसको जिम्मेवारी लिनुपर्ने हुन्छ ।
समयले बडो धर्मसंकटमा पार्छ ।छोडेर जाउँ त कहा कसरी छोडेर जाउँ ।लिएर जाउँ त कहा लिएर जाउँ ।घरकाले के भन्लान् ।मामालाई कसरी भन्ने ।मनमा बडो नैराश्यपूर्ण कुरा खेल्छन ।
बाटोको एक छेउमा उभिएर आउने गाडीहरु हेरिरहन्छु कतै बच्चाकि आमा आइहाल्छे कि !बाटोमा हिड्ने हरेक महिलाहरु उसको आमाजस्तो लाग्न थाल्छ ।आखिर कहाँ गएकी होली बच्चाकि आमा म गहिरो चिन्तामा पर्छु।
पोखरा जाने कि फर्किएर फेरि अघि बच्चा समातेको ठाउमा जाने म निकै दोधार पर्छु ।एक मनले जा भन्छ अर्को मनले नजा भन्छ ।भोली आफ्नै बिहेको लागी केटि हेर्ने कुरा चलिरहेको बेला समयले धर्मसंकटमा ल्याइपुराउँछ ।
जे त पर्ला सोचेर म गाडीमा चढ्छु ।गाडीमा पनि अन्तिम सिट मुस्किलले मिल्छ । केराबारी पुग्छु ।
बच्चाले रोएर दुख दिइरहन्छ ।बिहानदेखिको भोको रहेछु पकौडा देखेपछि भोक लागेजस्तो हुन्छ ।बच्चालाई खानेकुरा ख्वाउन कोसिस गर्छु खादैन ।आमाको दुध खान नपाएर रोएको होला ।
पसलमा जान्छु यताउता हेर्छु ।खानेकुरामा खानेजस्तो त्यही पकौडा देखिन्छ ।भाई के खाने ?आउनुस न भन्दै पसलकी दिदिले भन्छिन् ।
म भन्छु – पकौडा दिनु न एक प्लेट चिया पनि बनाउनु ।( बच्चालाई अलि सजिलोसङ्ग काखमा राख्दै ब्याग टेबलमा राख्छु )
दिदि -टोइलेट कता छ ?म सोध्छु ।
बाहिरबाट अलि तल्तिर जानु त्यही छ ।
फेरि म भन्छु – दिदि यस्सो बच्चा हेर्दिनुन ।म टोइलेट गएर आउछु।
( एकैछिन बच्चा नहुदा ज्यान हलुका भएजस्तो हुन्छ तर मन भने गह्रुङ्गो भैरहन्छ )
त्यो बच्चाकि आमा कहाँ गइ होला ?
मनभरी यै कुरा खेलिरहन्छ ।
टोइलेटबाट फर्किन्छु र पुन उहि टेवलमा जान्छु ।बच्चालाई काखमा लिन्छु ।
पकौडा खादै गर्दा त्यो पसलकी दिदिले भन्छिन – बच्चा रोको रोइ छ त भाइ केहि ख्वाउनु न आमा छैनिन र बच्चाको?कपडा नि चिसो गराछ कपडा फेरिदिनुन ।
म भन्छु – हेर्नु न आमा खोजेर हो कि रोको रोइ छ ।फेर्ने कपडा नि केहि छैन ।यो बच्चा मेरो बच्चा होइन
यत्ती के भनेथें बडो शसंकित पारामा मलाई हेर्छिन ।
फेरि म भन्छु – अघि यहि ठाउबाट एक जना महिलाले मलाई बच्चा हेर्दिनु न भनेर पकौडा किन्न झरेकि थिइन।उनी आइनन ।गाडीलाई एकछिन रोक्न भनेँ गाडीले खलासीले मानेन ।प्रवास गएर प्रहरीलाई घटनाको विवरण बताउदै खबर गरेँ तर प्रहरीले तपाईंनै जिम्मेवार हुनुन्छ भन्दै वास्तै गरेन ।अहिले यहा फर्केर आएँ कतै आमा भेटिन्छिन कि भन्दै ।
सलले कपाल छोपिथि रातो कुर्ता लाइथी,अनुहार कालो कालो थियो , मलाई वालिङ जानी हो भन्थी,दोभानबाट गाडी चढेकी ,मैले उसको नाम ठेगाना केहि सोधीनँ ।
हातमा रातो ब्याग पनि थियो ।तपाईं देख्नु त भएन है दिदि?
दिदिले भन्छिन – यस्ता मान्छे त कति आउछन जान्छन् भाइ ख्याल नै हुदैन ।
दिदि यस्तो अवस्थामा के गर्ने के नगर्ने मैले केहि सोच्नै सकिनँ ।
मनमनै सोच्छु – कि मलाई कसैले बच्चाको अपहरण केसमा फसाउन लाको हो कि! हिजोको दिनमा मसित नराम्रो सम्बन्ध भएकाहरुको झ झल्को एकाएक आउछ ।आखिर को हो त्यो महिला ?किन यसो गरि ?मेरो दिमाग प्रश्नै प्रश्नले खान्छ ।
म बहुत टोलाउदै बाटोतिर हेरिरहन्छु ।
एउटा मान्छे बाइकबाट धुलो टकटकाउदै झर्छ ।जाममा परियो मुस्किलले छिरेर आउन पाइयो ।एक कप मिठो च्या खाम त साहुनी भन्दै ऊ म बसेको टेवलनिर आइपुग्छ ।
फेरि ऊ भन्छ – साहुनी एउटा चुरोट पनि दिन त ।
पसलकी साहुनीले सोध्छिन – तेइ त मस्तै बेर भओ एउटो नि गाडी आको देखिन्नथ्यो ।के को जाम र छ नि?
बाइकवालाले भन्छ –
दोभानमा बाटो बन्द गराएका छन ।एउटा बच्चा घरबाटै हराएछ ।बच्चा नभेटिएसम्म बाटो खुल्दैन रे म जेनतेन छिरेर आएँ ।
पसलकी दिदिले मलाई हेर्दै भन्छिन – भाइ कतै त्यो बच्चा यहि त होइन ।
वाइकवालाले – बडो घोरिएर हेर्छ र घटना बुझ्न खोज्छ ।मैले घटनाको विवरण सुनाउछु ।
उसले दोभान प्रहरी कार्यालयमा फोन गर्छ र मसङ्ग प्रहरीलाई फोनमा कुरा गराउछ ।मैले पुनः घटनाको विवरण बताउछु ।
चिया आइसकेको हुन्छ ।चियाको कुनै स्वाद लाग्दैन ।बुझ्दै जाँदा त्यो बाइकवाला बुटवल टुडे पत्रीकामा काम गर्दो रहेछ ।
केहि समय बाइकवालासङ्ग कुराकानी हुन्छ ।उसले बच्चाको तस्बिर लिन्छ ।मेरो फोटो नखिच्न अनुरोध गर्छु तर ऊ खिचेरै छोड्छ ।
प्रहरीहरु केहि समयपछी आइपुग्छन ।
मैले घटनाको विवरण सुनाउँछु ।
शंकास्पद स्थितिमा मलाई हेर्छ ।मैले अघि चढेर आएको गाडी नं दिन्छु ।एकैछिनपछी त्यो गाडीको ड्राइभर र खलासीसित सोधपुछ गरेपछी ममाथिको शंका निवारण हुन्छ ।
त्यो बच्चा अपहरण भएको बच्चा रहेछ ।
अन्तिममा प्रहरीले धन्यवाद दिदै तपाईं जान सक्नुहुन्छ भन्दै छोड्छ ।
आखिर त्यो महिला को थिइ ? किन अपहरण गरि होली?महिला भएर नि यति क्रुर कसरी भएकी होली? मनमा प्रश्न खेल्छन ।
मोबाइलमा घन्टी बज्छ ।झल्याँस्स बिउँझेर मोबाइल हेर्छु मामाले फोन गर्नुभएको रहेछ ।अघि चढेको लोग्ने मान्छे मेरो छेउमै देख्छु ।
तम्घास,गुल्मी !
