
Rbs
Ssbus
Csbus
Amb
Gsbus
gms
Gsl
Syees
syysr
Bksbus5
Pbu
Nssbus7
Ddhbs
Jsbus
dsbus
Ratbs

Bbbpu
Rgu
Ksm
Ssm
Hal
Rgs
Bbu
Sls
Vor
Sbs
Rsb
nsb
Tsm
Pvg
Gst
Rgu
Wsp
Asm
Ggd

Rmb
Jmb
Jmb
Gsb
sab
Bml
Rpp
bbt
Ptm
Syp
Pls
Abd
Mks
बुटवल । गहभरिका अांशु पुछ्दै रमाउनु पछिको मजा नै बेग्लै हुन्छ। एक्लो भएपछि कसैको साथ पाउनुको मजा नै बेग्लै हुन्छ । हो, अाज त्यो गाउंले साथ पाएको छ ,त्यसैले त अाज गाउँ रमाएको छ ।अाफ्नो छाति माथी लात हानेर शहर पसेकाहरुले दिएको पीडा झेल्नपनि सहजै कसरी सक्थ्यो र बिचरा त्यो एक्लो गाउंले,अाफ्नो खुःसि लुटेपछि शहरसंग रिसाएको गाउँ अाज रमाएको छ। हो ! बाबुअामा गुमाएको एक्लो सन्तान जस्तै एक्लो बनेको छ गाऊं छैनन । संगै लेकबेसिमा सुसेलि हाल्दै डुल्ने बटुवाहरु,छैनन भन्ज्याङ्गको चौतारिमा चुरोटको धुंवासंगै रमाउने दौंतरिहरु छैनन । भन्ज्याङ्गको चौतारि एक्लो छ अाज,रात भर निदाउन नसकेर अनिदो रातसंग गुनासो गर्दै यताउति हल्लिनुको बिकल्प छैन उ संग।
माथि लेकका कलिला मुनाहरुलाई चारैतिरबाट बिझाउने कांडाहरुले घेरिरहेका छन, तर छैनन ती कांडाहरु पन्छाईदिने पुराना अाफन्तहरु। अागनको छेउमा निकै पिडादायि बनेर सुतिरहेको तुलसिको बोटमा एक अंजुलि पानीले भिजाईदिने पल्लाघरे काइंला काका अाज शहरको तातो घाममा पसिनाले अाफ्नो शरीर भिजाइरहेका छन । तर अाज प्रकृतिले पनि गाउँ लत्याएर शहर पसेकाहरु लाई एकाएक गाउँ सम्म पुर्याईदिएको छ। त्यसैले त अाज गाउँ खुःसि छ। अाफ्नि अामाको छाति लत्तायाएर खुःसि किन्न शहर पसेकाहरुको खुःसि भन्दा अाफ्नो जन्मभुमि को खुःसि ठूलो हो भनेर सिकाएको छ अाज प्रकृतिले।त्यसैले त अाज गाउँ रमाइरहेको छ। पहिरोले भिरालो बनाएको पखेराका बारिहरुमा चिप्लिएर निदाइरहेका कोदालिहरु अाज खुःसिले उफ्रिरहेका छन,जस्तापाताको टोपी र काठको दौरा सुरवालले सजिएका घरहरु अाज रमाइरहेका छन। त्यसैले त अाज गाउँ रमाइरहेको छ। घरछेउको डिलमा निदाइरहेको रातो गुलावको फुल अाज खुःसिले नाचिरहेको छ,बर्षौंसम्म सुख्खा शरीर लिएर उदास बनिरहेको अागन सबेरै उठेर चिटिक्क बनेर सजिएको छ।त्यसैले त अाज गाउँ रमाइरहेको छ।अामाको पाठेघरमा पानी कम भएर बच्चा जन्मिन गाह्रो भएजस्तै पिडाले छट्पटिएको टारिखेत अाज पानिले भरिएर हांसिरहेको छ। धन भएर पनि मन नभएको शहरमा दुख पर्दा गाउँ नै चाहिने रैछ भनेर बुझाएको छ अाज त्यो गाउंले। मानवता हरायको शहरमा पैसा सकिएपछि त पानी पनि पिउन नपाईने रहेछ भनेर बुझाएको छ त्यो ढुङ्गेधाराले । गाउंको चिसो हावाले अगय बनेर शहर पसेका बिद्धानहरुलाइ शहरको तातो हावाले तिमिलाइ चिन्दैन भनेर बुझाएको छ। त्यसैले त अाज गाउँ रमाएको छ। बाबुको कोट फाटेपछि देशको राजनितिलाइ माझी अौंलाले बिदाई गर्दै छोरो मुग्लान पस्यो ,उता उस्का हातमा ठेलाहरु उठ्न शुरु गर्दै गर्दा बुहारिले झोला कसिन अनि शहर पस्ने शुर गरिन। बृद्ध बाबुअामा टुलुटुलु हेर्नुको बिकल्प भेटेनन, साहुसंग ॠण गरेर प्रदेश पठाएको छोरो, उस्ले रिन तिर्ने मौका नै कहाँ पायो र बिडम्बना,रेमिटान्सले शहरबाट गाउँ पुग्नै दिएन उसका पसिनाका कमाईहरु। उस्का पसिनाका कमाइहरु बुहारिले शहरका पसिनाहरुमा चुर्लुम्मै डुबाइदिन। शहरको खुःसिमा रमाएकि बुहारिलाइ गाउँ सम्झने फुर्सद नै कहाँ थियो र । प्रदेशि श्रिमानलाई दुखेसो सुनाउन ब्यस्त उनिलाइ डुब्न लागेका घामजस्ता बृद्ध बाबुअामा सम्झने फुर्सद नै कहाँ थियो र,बर्गर र पिज्जामा रमाइरहेकि उनीलाइ गैह्रि खेतको मन्सुलि चामल र माली गाईको दूध सम्झने फुर्सद नै कहाँ थ्यो र,उनी त शहरिया भैसकेकि थिईन। हो ! अाज तिनै छोरा बुहारि जसरि गोठको माली गाइले पनि गाऊं छाडेको छ,घाम अस्तायसंगै अाफनो शरीर सुमसुम्याइदिने बुढा बा को सानो नाति अामा संगै शहर पसेर कुकुर डुलाउन थालेपछि माली गाइले गाउँ छाडेको हो। बुढा बा ले अाफ्ना सन्तानको बाटो हेरे जसरि दाम्लोले माली गाईको बाटो हेरिरहेको छ, बिडम्बना मालिगाईले दाम्लो बिर्सिसकेछ।अाज ती बुढा बा खुःसि छन बुहारि अाज गाउँ फर्केकि छन।त्यसैले त अाज गाउँ रमाइरहेको छ।गाऊंलाई लत्याएर शहरको खुःसिमा कालो चस्मा टल्काएर हिंड्नेहरु अाज एकथान माक्सले मुख छोपेर गाऊं फर्केका छन।
त्यसैले त अाज गाउँ रमाईरहेको छ । डांडाका चौतारिहरुले हंसिलो मुहारमा दन्ते लहर देखाएर स्वागत गरिरहेका छन,धन्सारले रित्तो भकारि भर्न पाएको छ,गैह्रि खेतले हिलाम्य भएर रंगिन पाएको छ,अनि एउटा मुर्दाले घाटसम्म जान मलामि पाएको छ । त्यसैले त अाज गाउँ रमाईरहेको छ।
