
Ssbus
Sssbus1
Ssbus
Gsl
Ssbus
tssbus
Bs1
nsm
Sssbus1
Pbu
ssbus

Rgu
Asm
Bbu
Sbs
Ssm
Tsm
Ksm
nsb
Rsb
Gst
Bbbpu
Wsp
Sls
Hal
Vor
Ggd
Rgs
Rgu
Pvg

bbt
Mks
Bml
Jmb
Gsb
Pls
Syp
Rpp
Rmb
Ptm
Jmb
sab
Abd
दाङ । सालझुण्डी सामुदायिक वन गंगापरस्पुरको २७ औं बार्षिक साधारणसभा गएको शनिवार रामनगरमा सम्पन्न भएको छ । सामुदायिक वन समूहका अध्यक्ष रामलक्ष्मण यादवको अध्यक्षतामा भएको साधारणसभाको उद्घाटन गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवले गर्नुभएको थियो ।
कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष यादवले यो सामुदायिक वनले अहिले निकै प्रगति गरिरहेको भन्दै वन वातावरण र जैविक विविधताको संरक्षण संगै उपभोक्ताका अधिकार पुरा गर्नु सामुदायिक वनको दायित्व भएको बताउनुभयो । कार्यक्रममा गढवा गाउँपालिका वडानं.४ का वडा अध्यक्ष गुलाम मोहम्मद,वन महासंघ गढवाका अध्यक्ष नवराज शर्मा,गोबरडिहा सव डिभिजनका सहायक वन अधिकृत दिनेश डाँगी,नेकपा माओवादी केन्द्रका अतिउल्ला मनिहार,राष्ट्रिय जनमोर्चाका टुकमान कुँवर,जनता समाजवादी पार्टीका महबुव अली,सल्लाहकार तथा संस्थापक अध्यक्ष राजेन्द्र प्रसाद चौधरी,काँसी प्रसाद श्रेष्ठ लगायतले बोल्नु भएको थियो ।
सो अवसरमा सामुदायिक वनका अध्यक्ष रामलक्ष्मण यादवले बार्षिक कार्यक्रम प्रस्तुत गर्नुभएको थियो भने प्रगति तथा आर्थिक प्रतिवेदा कोषाधयक्ष हरीचन्द्र चौधरीले प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमको संचालन सामुदायिक वन समूहका सचिव सरस्वती चौधरीले गर्नुभएको थियो ।
