
ssbus
Gsl
Ssbus
Ssbus
Bs1
Ssbus
Sssbus1
tssbus
Pbu
nsm
Sssbus1

Rgs
Rgu
Sbs
Pvg
Vor
Ssm
Hal
Ggd
Bbbpu
Gst
Sls
Rgu
Rsb
nsb
Wsp
Bbu
Asm
Tsm
Ksm

Ptm
Rpp
bbt
Pls
Bml
Syp
Gsb
Mks
Jmb
Abd
sab
Jmb
Rmb
दाङ । हामी किसानहरुलाई खेति गर्ने समयमा न मलखाद पाइन्छ न त धान डुबेको राहात नै पाईयो । खेति गर्ने समयमा मलखाद नपाएपछि कसरी खेति गर्नु–गढवा ५ लोखरपुर निवासी शान्ती चौधरीले स्थानीय सरकारसंग भन्नु भयो । गाउँपालिकाले बिउपल त दिन्छ तर माग गरेको अनुसार दिन्न । समूह,सहकारी र संस्था मार्फत किसान समक्ष सिमीत मात्रामा पुग्छ । वडा कार्यालयहरुले किसानका लागि न योजना बनाउँछ,न त बजेट नै बिनियोजन गर्छ ।
खाली भौतिक निर्माणलाई मात्रै प्राथमिकता दिइन्छ–गढवा ७ का किसान रामबहादुर चौधरीले गुनासो गर्नुभयो । यो बर्ष थुपै्र किसानहरुको धान डुबेर क्षति भयो तर हालसम्म किसानले राहात पाउन किन सकेनन्–गढवा ५ लोखरपुर कि सृजना चौधरीले स्थानीय सरकारसंग गुनासो गर्नुभयो । गढवाको कक्रहवामा टेलीकमको टावर नहुँदा गाउँपालिकाका सुचना हेर्न पाईएन । हामीलाई टावर र दुना टपरि बनाउने मसिन चाहियो–गढवा ५ कक्रहवा निवासी जुली बिकले स्थानीय सरकारसंग गुनासो गर्नुभयो ।
सोसाइटी वेलफर एक्सन(स्वान) नेपाल ले देउखुरीको गढवा गाउँपालिका र स्थानीय नागरिकहरु बिच शुक्रवार आयोजना गरेको संबाद कार्यक्रममा उपस्थित किसानहरुले स्थानीय सरकारसंग गुनासा राखेका हुन । कार्यक्रममा उठेका जिज्ञासाहरुको जवाफ दिदै गढवा गाउँपालिकाका उपाध्यक्ष शान्ती चौधरीले बर्षाले डुबेर क्षति भएको धानको बिवरण गाउँपालिकाले संकलन गरेर प्रदेश सरकारलाई पठाई सकेको र केही समयपछि राहात आउने बिश्वाँस दिलाउनु भयो । मलखादका लागि पनि स्थानीय सरकारले सहकारीहरुलाई जिम्मेवारी दिई सकेको र किसानहरुलाई अनुदानमा बिऊ–पल गाउँपालिकाले उपलब्ध गराउँदै आएको उहाँले बताउनुभयो । किसान हाम्रा जनता हुन,जनताका गुनासा सुन्नु र संबोधन गर्नु हामी जनप्रतिनिधीहरुको दायित्व हो ।
जनमुखि कार्यक्रम संचालन गर्नु र जनतालाई सुचना दिनु पनि जनप्रतिनिधीहरुको कर्तब्य हो–उपाध्यक्ष चौधरीले भन्नुभयो । स्थानीय सरकार र बिषयगत शाखाहरुबाट नागरिकहरुलाई प्रबाह गरिएका सेवा सुविधाको अवस्था र आर्थिक,सामाजिक तथा सांस्कृतिक अधिकारबारे नागरिकहरुलाई सचेतना दिन कार्यक्रमको आयोजना गरिएको स्वान नेपालका कार्यक्रम संयोजक रेवन्त चौधरीले बताउनुभयो । बिपन्न र सिमान्तकृत नागरिकहरुको पहुँच अभिबृद्धि गर्न योजना कसरी छानीन्छ र कार्यान्वयनको अवस्था के कस्तो रहेको छ भन्ने बिषयलाई केन्द्रित गरि स्थानीय सरकार र नागरिक बिच संबादको कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ ।
कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष शान्ती चौधरी, शिक्षा शाखाका प्रमाुख श्याम बिक,पशुसेवा शाखाका प्रमुख अनन्तराज रेग्मी,कृषि शाखाका प्रमुख कर्ताराम यादव,पंजिकरण शाखाका प्रमुख ऋषि यादव,योजना शाखाका कुलराज कुमाल, महिला वालवालीका शाखाका सुरेश पौडेल र नापीशाखाका प्रमुख नारायण सुवेदीले नागरिकहरुबाट आएका गुनासाहरुको जवाफ दिनु भएको थियो । स्वान नेपालका कार्यक्रम संयोजक रेवन्त चौधरीले कार्यक्रमको बारेमा जानकारी दिनु भएको संवाद कार्यक्रमको सहजिकरण पत्रकार दिवाकर पोखे्रलले गर्नुभएको थियो ।
