
gms
Bksbus5
Gsl
Gsbus
Amb
Ratbs
Ddhbs
Rbs
Jsbus
syysr
Ssbus
Pbu
Csbus
Syees
dsbus
Nssbus7

Hal
Bbu
Ksm
Rsb
Pvg
Gst
Tsm
Sls
Ggd
Vor
Rgu
nsb
Ssm
Asm
Wsp
Bbbpu
Rgs
Sbs
Rgu

Bml
Rmb
Rpp
sab
bbt
Gsb
Pls
Mks
Jmb
Ptm
Jmb
Syp
Abd
जेसीबी लेखिएका डोजर, एस्क्याभेटरलगायतका निर्माण क्षेत्रमा प्रयोग हुने मेसिनहरु त तपाईंले देख्नु भएकै छ होला ।तपाईंले कत्तिको ख्याल गर्नुभएको छ, जेसीबी डोजरको रङ सधैंजसो पहेँलो नै हुन्छ । जेसीबीका मेसिनहरुको रङका बारेमा थाहा पाउनुअघि यो मेसिन बनाउने कम्पनीका बारेमा केही रोचक तथा जानकारीमूलक तथ्यहरु पनि बुझ्नुपर्ने हुन्छ ।वास्तवमा जेसीबी निर्माण उपकरण निर्माता एक कम्पनी हो । यसको मुख्यालय बेलायतको स्टाफोर्डशायरमा छ । यसका उत्पादन प्लान्टहरु विश्वका चारवटा महादेशका विभिन्न देशहरुमा रहेका छन् ।जेसीबी दुनियाँको एउटा यस्तो कम्पनी हो, जसले कुनै पनि नामबिना सन् १९४५ मा आफ्नो पहिलो खन्ने मेसिन लञ्च गरेको थियो । यो मेसिन बनाउने कम्पनीले यसको नाम के राख्ने ? भन्ने बारेमा धेरै सोच विचार गर्यो । अन्ततः कुनै पनि मन पर्ने नाम जुराउन नसकेपछि यसका आविष्कारक जोसेफ सायरिल बमफोर्डको नामको छोटकरी रुप जे.सी. बी राखियो ।अर्को अनौठो तथ्य के भने जेसीबी नै बेलायतको एउटा यस्तो पहिलो कम्पनी थियो, जसले भारतमा आफ्नो पहिलो कारखाना खोलेको थियो । अहिले पनि सबैभन्दा धेरै जेसीबी मेसिन दुनियाँमै भारतमै निर्यात हुने गरेका छन् ।सन् १९४५ मा जोसेफ सायरिल बमफोर्डले सबैभन्दा पहिले टिपिंग ट्रेलर बनाएका थिए । त्यस समयमा उक्त मेसिनको मूल्य ४५ पाउण्ड तोकिएको थियो ।जेसीबीले विश्वको पहिलो तथा सबैभन्दा तीव्र गतिको ट्रयाक्टर सन् १९९१ मा बनाएको थियो । उक्त ट्रयाक्टरको नाम फास्ट्रयाक थियो । त्यसको अधिकतम गति प्रतिघण्टा ६५ किलोमिटर थियो ।सन् १९४८ मा जेसीबी कम्पनीमा जम्मा ६ जनाले काम गर्दथे । अहिले उक्त कम्पनीमा विश्वभरमा गरी ११ हजार जनाले काम गर्दछन् ।सुरुवातमा जेसीबी मेसिनहरु सेतो रङका हुने गर्दथे । तर पछि यसको रङ पहेँलो बनाइयो । जेसीबीको रङ पहेँलो बनाउनुमा कम्पनीको वैज्ञानिक तर्क छ । मेसिनको रङ पहेँलो हुँदा निर्माण तथा उत्खनन स्थलमा यो मेसिन टाढैबाट प्रष्ट देखिने हुन्छ । यसले हिँडडुल गर्ने तथा अन्य मानिसलाई समेत जानकरी प्राप्त भई सतर्क हुन सहयोग पुर्याउँदछ ।
