
Lnp
Jns
Lks
Rgp
Usb
Rgp
Rgp
Dbs
Sgp
Rgp
Ggp
Asb
ksb
lnp
Dus
Ggp
Pbu
काठमाडौँ। सचिवालयका अनुसार शुक्रबारदेखि आइतबारसम्म सभामुख, राष्ट्रिय सभाका अध्यक्ष,संसद सचिवालयका कर्मचारी र पत्रकारहरूलाई कोभिसिल्ड खोपको दोस्रो डोज लगाइदै छ । अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म खोप लगाइने छ ।
कमठमाडौं । मुस्लिम धर्मावलम्बीहरूको महान पर्व रमजान आज शुक्रबार मनाइँदैछ। यो पर्वलाई ‘इद उल फित्तर’ भनिन्छ ।इदका लागि मुस्लिम समुदाय एक महिनासम्म रोजा अर्थात उपावास बसेका थिए । त्यस्तै नयाँ वर्षसँगै शुरु भएको रोजा ब्रत आज अन्तिम दिन हो । रमजान उर्दू क्यालेण्डर अनुसार हिजरी सम्बत् १४४२ हो भने रमजान महिना नवौँ महिना हो । […]
काठमाडौँ । प्रत्येक अक्सिजन ग्यास उद्योगमा प्राप्त सिलिन्डर र वितरण भएका सिलिन्डरको अभिलेख राख्नका लागि सशस्त्र प्रहरीलाई खटाउने निर्णय भएको छ । बिहिबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मुख्यसचिवको कार्यकक्षमा कोभिड १९ को रोकथाम, नियन्त्रण तथा उपचारका सम्बन्धमा भएको छलफलले सम्बन्धित उद्योगले अस्पताल बाहेक अन्यत्र निजी प्रयोगमा दिए,नदिएको अनुगमन स्थानीय प्रशासन मार्फत गर्ने गराउने व्यवस्था […]
काठमाडौं । नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(३) अनुसार संसदको सबभन्दा ठूलो दलको संसदीय दलको नेता ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । राष्ट्रपति कार्यालय स्रोतका अनुसार शपथ शुक्रबार अपरान्ह हुनेछ । प्रधानमन्त्री ओलीले २७ वैशाखमा संसदको विश्वास पाउन नसकेपछि राष्ट्रपतिले तीन दिनभित्र […]
काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट २१४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार दिउँसो नेपाली सेनाले व्यवस्थापन गरेको शवको आधारमा सो मृत्यु संख्या सार्वजनिक गरेको हो । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या चार हजार ४६६ पुगेको छ । त्यस्तै पछिल्लो केही दिनयता कोरोना संक्रमितको मृत्यु अत्यधिक बढेको […]
काठमाडौं । पछिल्लो २४ घण्टामा ९३०५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २०३६२ पीसीआर र ४२४ एन्टिजेन परीक्षणमा ९३०५ जनामा संक्रमण पुष्टि भएको हो । कोरोना भाइरस संक्रमणका कारण पछिल्लो २४ घण्टामा १६८ जनाको मृत्यु भएको छ ।
कैलाली । कैलाली जिल्लाको गोदाबरी नगरपालिका अन्तरगत अत्तरिया चोकमा कोरोना लडाइँमा पहिलो घेरामा तैनाथ रहनु भएका सुरक्षाकर्मीलाई जनबाहिनी नेपाल र विश्व हिन्दु युवा संघद्वारा स्वस्थ्य सुरक्षा सामग्री मंगलबार प्रदान भएको छ ।अहिलेको अबस्थामा विशेष गरेर नागरिकको सेवामा आफ्नो ज्यानको प्रभाहानै नगरी पहिलो स्थानमा रहेर सेवा प्रदान गरि रहनु भएका सुरक्षाकर्मी दाजुभाइ तथा दिदीबहिनीहरुलाई केही राहत […]
दाङ । दाङमा स्थानिय सरकारहरुले धमाधम अक्सिजन सहितको आइसोेलेशन बनाउदै गरेका छन् । तर जिल्लामा प्रयाप्त अक्सिजन नहुदा कोरोना संक्रमितको ज्यान जोखिममा पर्दै गएको छ । लुम्विनी प्रदेश सरकारले बनाएको कोरोना विषेश अस्पताल र राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा कोरोनाका बिरामी भरीभराउ छन् तर छिनछिनमा अक्सिजनको अभाबले संक्रमितको ज्यान गैरहेको छ । यसरी पछिल्लो समय कोरोना […]
काठमाडौं । चीनले अनुदानमा दिएका २० हजार अक्सिजन सिलिन्डरमध्ये ४ सय अक्सिजन सिलिन्डर नेपाल ल्याइएको छ । मंगलबार चीनको राजधानी पेइचिङबाट नेपाल एयरलाइन्सको जहाजले ४ सय सिलिन्डर अक्सिजन बोकेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो। जहाजले ४ सय सिलिन्डर, १६० वटा अक्सिजन कसन्र्नटेटर, १० थान भेन्टिलेटर गरि करिव ३० टन सामान बोकेर काठमाडौं ल्याएको छ […]
काठमाडौं । प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठा मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदैछ । शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उनबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा यो पर्वलाई लिइन्छ । […]