
Lnp
Srbpu
Rgp
Ggp
Sgr
Unsku
pku
Rgp1
Pbu
दाङ । दाङका प्रमुख जिल्ला अधिकारी रामवन्धु सुवेदीले ब्यवसायीहरु राज्यका अनमोल स्रोत भएकोले सम्मान गर्न सिक्नुपर्ने बताएका छन् । आन्तरीक राजश्व कार्यालय तुलसीपुरको आयोजना तथा देउखुरी उद्योग बाणिज्य संघको समन्वय सहकार्यमा शनिवार देउखुरीको लमहीमा आयोजना गरिएको राजश्व चुहावट नियन्त्रण तथा करदाता शिक्षा सचेतना कार्यक्रमलाई संबोधन गर्दै उनले यस्तो बताएका हुन् । त्यस्तै ब्यवसायीहरु गौमाता हुन […]
दाङ । देउखुरीको राप्ती गाउँपालिकाले व्यावसाय गर्न चाहाने व्यक्तिहरुलाई मकै पोल्ने र मकैकाे चटपट बनाउने तालिम सँगै प्रविधि हस्तान्तरण गरेको छ । गाउँपालिकाले साना उद्यम तथा व्यवसाय उत्थान कार्यक्रम तथा सिप विकास कार्यक्रम अन्तर्गत साे तालिम सँगै प्रविधि हस्तान्तरण गरेको हाे । राप्ती गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष बिर बहादुर चाैधरीकाे अध्यक्षता तथा […]
दाङ । वर्ष २०२४ लाई लेनिन स्मृतिको शताब्दी वर्षका रूपमा मनाउन जनस्तरबाट गठित अभियान “लेनिन स्मृति शतवार्षिकी”को दाङ संयोजन समिति गठन गर्ने उद्देश्यले राखिएको भेला शनिबार घोराहीमा सम्पन्न भएको छ। त्यस्तै लेनिन स्मृतिको शताब्दी कार्यक्रममा वक्ताहरुले लेनिनको नेतृत्वमा भएको समाजवादी क्रान्ति,त्यसपश्चात् स्थापित समाजवादी व्यवस्था, क्षेत्रमा गरिएका ऐतिहासिक काम र आजको नेपालको आन्दोलनका चुनौतीहरुबारे विस्तृत चर्चा […]
काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले ट्राफिक व्यवस्थापनलाई अझै प्रभावकारी बनाउन र नागरिकले महसुस गर्न सक्ने गरी सेवा प्रवाह गर्न ट्राफिक प्रहरीलाई थप प्रविधिमैत्री बनाउँदै लैजानुपर्ने बताएका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको शुक्रबार निरीक्षण भ्रमणको क्रममा गृहमन्त्री लामिछानेले उक्त कुरा बताएका हुन् । सो क्रममा उनले उक्त कार्यालयमा रहेको सहायता कक्ष, गुनासो […]
दाङ । देउखुरीको राप्ती गाउँपालिकामा दुई दिने विद्यालय स्वास्थ्य तथा पोषण क्षमता अभिवृद्धि सम्बन्धी कार्यक्रम शुक्रबार सम्पन्न भएको छ। राप्ती गाउँपालिका स्वास्थ्य शाखाले सामुदायिक विद्यालयका शिक्षक तथा स्वास्थ्यकर्मीहरुकाे लागि उक्त कार्यक्रम सञ्चालन गरिएको हाे। त्यस्तै साे अवसरमा राप्ती गाउँपालिका शिक्षा शाखा प्रमुख विश्वास विकले बालबालिकाहरूको पोषण स्वास्थ्यमा सुधार गर्न विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रमको महत्वपूर्ण […]
दाङ । नेपाल संस्कृत विश्वविद्यालय केन्द्रिय आयुर्वेद विद्यापिठ बेलझुण्डीमा कार्यरत करार शिक्षकलाई हटाउन लागिएको भन्दै विद्यार्थीहरु आन्दोलित भएका छन् । शिक्षक अभाव भैरहेका बेला राजनितीक आस्थाका आधारमा शिक्षकलाई हटाउन थालिएको र पठनपाठन प्रभावित हुने भन्दै स्वतन्त्र विद्यार्थी युनियनको नेतृत्वमा विद्यार्थीहरु आन्दोलित भएका हुन् । आयुर्वेदको एउटा विभागमा ४ जना विज्ञ शिक्षक हुनु पर्ने चिकित्सा शिक्षा […]
दाङ । गढवा गाउँपालिकालाई क्षयरोग मुक्त पालिका बनाउन सबैजसो वडाहरुमा अभियानहरु संचालन गरिएको छ । आगामी एक बर्ष भित्र गढवा गाउँपालिकालाई क्षयरोग मुक्त पालिका घोषणा गर्ने अभियान अन्र्गत बिभिन्न वडाहरुमा स्वास्थ्य शाखा र स्वास्थ्यचौकी मार्फत अभियानका कार्यक्रमहरु संचालन गरिरहेको गाउँपालिकाका स्वास्थ्य संयोजक कैलाश चौधरीले जानकारी दिए । अभियान अन्तर्गत सबै वडाहरुमा वडा स्तरीय समितिहरु गठन […]
दाङ । देउखुरीको राप्ती गाउँपालिकाका ८ जना अपाङ्गता भएका बालबालिकाहरुलाई बुधबार सहायक सामाग्री प्रदान गरिएको छ। राप्ती गाउँपालिकाकाे समन्वय तथा विकलांग मित्र समूह अपांग बाल अस्पताल पुनस्र्थापना केन्द्र (HRDC) बनेपा काभ्रेपलाञ्चोककाे सहयोगमा साे सामाग्री प्रदान गरिएको हाे । केन्द्रले गत बैशाख ६ गते राप्ती गाउँपालिकामा सञ्चालन गरेको शारीरिक अपाङ्गता परिक्षण सम्बन्धी नि:शुल्क घुम्ती शिविरमा कृतिम […]
दाङ । हिन्दू विद्यापीठ नेपाल र बालशान्ति गृह घोराही ७ पर्सा दाङले एक कार्यक्रमको आयोजना गरी विदेशी क्षिक्षकलाई बिदाई गरेको छ । विद्यालयले चेक रिपब्लीकबाट केही समयको लागी अध्यापन गर्न आएकी स्वयम सेवक शिक्षीका गेबृएला होर्ताेवालाइ प्रमाणपत्र,मायाँको चिनो सहीत विदाई गरेको हो । बालशान्ति गृहका प्रमुख भोलानाथ योगीको सभापतित्व तथा शिक्षीका होर्ताेवाका पिता ज्डेनेक होर्तको […]
दाङ । तुलसीपुरमा अत्यधिक गर्मीको कारण बिद्यालयमा विद्यार्थी बेहोस भएका छन । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ मा रहेको अमर माद्यामिक विद्यालयमा पढ्ने सात जना विद्यार्थीहरु गर्मीको कारण बेहोस भएको प्रधानाध्यापक पदम ओलिले जानकारी दिए । त्यस्तै बेहोस भएका विद्यार्थीको अवस्था सामान्य रहको ओलिले बताए । गर्मीको कारण दिनहुँ जसो विद्यार्थी बेहोस हुँदै आएकोले केहि […]