
Ksbus
Ggp
Ksbus
Sdc
Msbus
Ggp
Rgp
Asbus
Lnp


दाङ । देउखुरीको राप्ती गाउँपालिकामा दुई दिने विद्यालय स्वास्थ्य तथा पोषण क्षमता अभिवृद्धि सम्बन्धी कार्यक्रम शुक्रबार सम्पन्न भएको छ।
राप्ती गाउँपालिका स्वास्थ्य शाखाले सामुदायिक विद्यालयका शिक्षक तथा स्वास्थ्यकर्मीहरुकाे लागि उक्त कार्यक्रम सञ्चालन गरिएको हाे।
त्यस्तै साे अवसरमा राप्ती गाउँपालिका शिक्षा शाखा प्रमुख विश्वास विकले बालबालिकाहरूको पोषण स्वास्थ्यमा सुधार गर्न विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रमको महत्वपूर्ण भूमिका रहेको बताए ।
त्यस्तै उनले यस कार्यक्रमलाई शिक्षा र स्वास्थ्यसँग सम्बन्धित निकायहरूको समन्वयबाट प्रभावकारी कार्यान्वयन गरी विद्यार्थीहरूको स्वास्थ्य स्थितिमा सुधार आई शैक्षिक उपलब्धिमा गुणस्तरीयता कायम हुने उल्लेख गरे ।
कार्यक्रममा स्वास्थ्य शाखाकी सह-संयोजक भारती सन्यासी र पाेषण संयाेजक धन बहादुर बुढा क्षेत्रीले विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रमका बारेमा सहभागीहरुलाई जानकारी गराएका थिए ।

