
Rgp
Unsku
Lnp
Rgp1
Sgr
Ggp
Srbpu
pku
Pbu
बझाङ । बझाङको सेती नदीमा बगेर एक युवतीको मृत्यु भएको छ । जिल्लाको छबिसपाथिभेरा गाउँपालिका वडा नम्बर –१ काप्रि गाउँकी २२ वर्षीया संगीता जोशीको सेती नदीमा बगेर मृत्यु भएको हो । आज बिहान करिब १० बजेको समयमा भाँडे बजार सामान पुगाएर घर फर्किने क्रममा भण्डारी गाउँ नजिकै सेती नदीमा चिप्लिएर बग्दा संगीताको मृत्यु भएको स्थानीयले […]
काठमाडौँ । सञ्चालनमा ल्याएको तीन महिना नबित्दै धरहरा बन्द भएको छ । लिफ्ट बिग्रिएपछि अनिश्चितकालका लागि धरहरा बन्द भएको सहरी विकास भवन निर्माण विभागका उपमहा निर्देशक प्रकीर्ण तुलाधरले जानकारी दिए । ‘लिफ्ट बिग्रिएर केहि दिनअघिदेखि बन्द गरेको हो । बनेपछि सञ्चालनमा आइहाल्छ,’ उनले भने ।२०७२ को भूकम्पले धरहरा ढालेपछि २०७५ सालदेखि निर्माण थालिएको थियो । […]
काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले अहिलेको सरकारले थारु समुदायको उन्नति र प्रगतिको लागि अगुवाइ गर्ने बताएका छन् । त्यस्तै उनले थारु समुदायमाथि भइरहेका विभेद र असमानता सम्पूर्ण रुपमा समाप्त गर्नका लागि नीति र निर्णयका माध्यमबाट अगुवाइ गर्ने बताए । थारु कल्याणकारिणी सभाको २३ औं महाधिवेशनको शनिबार रुपन्देहीको भैरहवामा उद्घाटन गर्दै अर्थमन्त्री पौडेलले […]
रूपन्देही । मायादेवी गाउँपालिका वडा नम्बर -७ बैरीहवा बस्ने ३५ वर्षीय राजु सहानीको कुटपिटबाट मृत्यु भएको घटनामा संलग्न रहेको अभियोगमा ३ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । त्यस्तै पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २९ वर्षीय राजकुमार कुर्मी, २२ वर्षीय सुरज कहार र ५२ वर्षीय बहराई कहार रहेका छन् । पुरानो रिसइवीको कारण उनीहरूले […]
दाङ । घोराहीमा प्रथम गोरखा नगरस्तरीय हाप्किडो च्याम्पियनसिप–२०८१ सुरु भएको छ । हाप्किडो खेलको विकाससँगै नयाँ प्रतिभाको पहिचान र संरक्षण गर्ने उद्देश्यले गोरखा स्कुल हाप्किडो डोजाङको आयोजना तथा नेपाल हाप्किडो संघको सहयोगमा च्याम्पियनसिप सुरु भएको हो । प्रथम गोरखा नगरस्तरीय हाप्किडो च्याम्पियन सिपको लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य सचिव तिरणदाज गौतमले गरेका हुन । प्रतियोगिताको […]
काठमाडौँ । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशमा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा तीन जना मानिस पक्राउ परेका छन् । काठमाडौँ अपराध अनुसन्धान कार्यालयको टोलीले सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–३ की २२ वर्षीया प्रितिका बास्तोला, चितवनको भरपुर महानगरपालिका–१० की ३६ वर्षीया शारदा सुवेदी र भरतपुर महानगरपालिका वडा नम्बर –४ का २५ वर्षीय सुरज कँडेललाई […]
दार्चुला । दार्चुलाको शैल्यशिखर–६ बगलेकमा आज बिहान जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । मालिकार्जुन जात्राबाट गोकुलेश्वर गइरहेको म१ ज ३३८ नम्बरको जिप आज बिहान करिब ४ बजेतिर दुर्घटनामा परेकाे हाे । जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनामा शैल्यशिखर– ५ लेकगाउँका ३० विरेन्द्र रावल, उनकी श्रीमती २८ वर्षीया शान्ती रावल, शैल्यशिखर–९ का ४५ वर्षीय […]
दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नं १,२ र ३ मा दुई दिने आधारभूत तहमा समावेशी समुदाय विकास र सशक्तिकरणका लागि सिकाइ आपूरण तथा द्रुत सिकाइ योजना तालिम सम्पन्न भएकोे छ। स्ट्रोम फाउण्डेशन र एच्.डब्लु.ई.पी.सि.(HWEPC) को संयुक्त पहलमा आयोजित यस तालिम समुदायका सदस्यहरूलाई शिक्षाको माध्यमबाट सशक्त बनाउँदै उनीहरूको आर्थिक र सामाजिक विकासमा सहयोग पुर्याउने मुख्य […]
दाङ । राप्ती गाउँपालिका वडा नम्बर ४ मौरीघाटको सामुदायिक स्वास्थ्य इकाईमा मधुमेह उच्च रक्तचाप र मृगौला रोग समबन्धी प्रचार प्रसार जनशक्ति परिचालन सम्बन्धि स्क्रिनिङ कार्यक्रम बिहीबार उद्घाटन भएको छ । लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालय स्वास्थ्य निर्देशनालय स्वास्थ्य कार्यक्रम दाङको आयोजना र राप्ती गाउँपालिकाको समन्वयमा उक्त कार्यक्रम सन्चालन हुन लागेको हो । स्वास्थ्य कार्यालय दाङ […]
धनगढी । कञ्चनपुरको भीमदत्तनगरपालिका वडा नम्बर –२ उल्टाखामकी निर्मला पन्त बलात्कारपछि हत्या प्रकरणमा अनुसन्धान समितिहरूले बनाएका प्रतिवेदनहरूको निचोड एकीकृत गर्न नयाँ समिति गठन गरिएको छ । पुराना समितिहरूको प्रतिवेदन निष्कर्षमा पुग्न नसकिएको भन्दै प्रहरी प्रधान कार्यालयले नयाँ अध्ययन समिति बनाएको हो । नयाँ गठन गरिएको समितिलाई विगतमा गठन भएका सबै समितिका प्रतिवेदन अध्ययन गरेर त्यसका […]