
Unsku
pku
Rgp
Pbu
Ggp
Rgp1
Srbpu
Lnp
Sgr
चितवन । राष्ट्रिय युवा संघको जिल्ला अधिवेशनमा स्वागत मन्तव्य दिएर मञ्चबाट ओर्लिएका पूर्वी नवलपरासीको कावासोती नगरपालिका वडा नम्बर – १ का वडाध्यक्ष मियाँको हृदया घातका कारण मृत्यु भएको छ । राष्ट्रिय युवा संघ पूर्वी नवलपरासीको सहसचिव समेत रहेका वडाध्यक्ष तवारक अहमद मियाँको ज्यान गएको हो । राष्ट्रिय युवा संघ नवलपुरले गैँडाकोटस्थित श्रीराम पार्टी प्यालेसमा गरेको […]
काठमाडौँ । नेपाल आयल निगमले पेट्रोल,डिजेल र मट्टितेल तथा हवाई इन्धनको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको शुक्रबार बसेको बैठकले मध्यरातदेखि लागू हुने गरी पेट्रोलको बिक्री मूल्यमा प्रतिलिटर २ रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर ४ रुपैयाँ तथा हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर ६ रुपैयाँ र बाह्यतर्फ काठमाडौँका लागि प्रतिकिलोलिटर अमेरिकी डलर ४३ बढाएको […]
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबारदेखि मेक्सिको, क्यानडा र चीनलाई कर लगाउने निर्णय गरेका छन्। ह्वाइट हाउसका अनुसार मेक्सिकोलाई २५ प्रतिशत, क्यानडालाई २५ प्रतिशत र चीनलाई १० प्रतिशत भन्सार लगाइनेछ । राष्ट्रपति ट्रम्पले केही समयदेखि कर लगाउने विषयमा निरन्तर आफ्नो विचार राखिरहेका थिए। त्यस्तै मेक्सिको, क्यानडा र चीनमा कर लगाएपछि ट्रम्पले भविष्यमा युरोपेली संघमा […]
दाङ । आज दिउँसो देउखुरीमा कुखुरा बोक्ने पिकअप गाडीले एक महिलालाइ ठक्कर दिदा महिलाको मृत्यु भएको छ । त्यस्तै मृत्यु हुनेमा बबई गाउँपालिका वडा नम्बर ३ पुरन्धारा बस्ने बर्ष ४५ कि फुलबारी चौधरी रहेको वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रकाश भुसालले जानकारी दिए । उनको टाउको र अनुहारमा गहिरो चोट लागेको र लमही अस्पतालमा उपचारका […]
काठमाडौँ । संघीय संसदको हिउँदे अधिवेशन सुरु भएको छ । अधिवेशन अन्तर्गत प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली सहित राजनीतिक दलका शीर्ष नेताले मन्तव्य राख्ने कार्यसूची छ । त्यस्तै सङ्घीय संसद् सचिवालयले सार्वजनिक गरेको दुवै सदनका सम्भावित कार्यसूचीअनुसार प्रतिनिधिसभाको पहिलो दिनको बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्न […]
काठमाडौं । दाङको तुलसीपुरमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर–१२ बस्ने ५४ वर्षीय फरारु चौधरी खेतमा मृत भेटिएको प्रहरीले जनाएको छ । त्यस्तै सोही वडाको क्वाङीस्थित खेतमा उनको शव फेला परेको हो । घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।
काठमाडौं । डिल्ली बजार कारागारबाट भागेका एक कैदी १४ वर्षपछि पक्राउ परेका छन् । त्यस्तै पक्राउ पर्नेमा ओखलढुंगाको लिखु गाउँपालिका–२ घर भएका ४५ वर्षीय पेशलराज बुढाथोकी छन् । उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले गोंगबुबाट बुधबार पक्राउ गरेको हो । यस्तै वैदेशिक रोजगारीको मुद्दामा उनलाई काठमाडौं जिल्ला अदालतले १९ साउन २०६६ मा ३ वर्ष कैद […]
काठमाडौँ । माघ शुक्ल प्रतिपदा– तामाङ समुदायले आज विविध कार्यक्रमको आयोजना गरी हर्षोल्लासपूर्वक सोनाम ल्होसार मनाउँदै छन् । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार मनाइन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन , सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ । त्यस्तै […]
काठमाडौं । सरकारले सशस्त्र प्रहरी बललाई शंकास्पद व्यक्ति पक्राउ र खानतलासी गर्ने अधिकार दिने कानुनी व्यवस्था गर्ने भएको छ । सरकारले संसद्मा दर्ता गरेको सशस्त्र प्रहरी बलसम्बन्धी विधेयकमा शंकास्पद र कसूरमा संलग्न व्यक्ति पक्राउ गरी खानतलासी गर्ने अधिकार सशस्त्र प्रहरीलाई दिने प्रस्ताव गरिएको हो । त्यस्तै सशस्त्र प्रहरीलाई अहिलेसम्म सीमा सुरक्षा र आतंकवाद नियन्त्रणको मुख्य […]
काठमाडौँ । पूर्व राजा ज्ञानेन्द्र शाह बिहीबार भोलि भारतको गोरखपुर जाने भएका छन् । उनी गोरखनाथ मन्दिर पुगेर विशेष पूजा गर्ने जनाइएको छ । पूर्वराजा शाह हाल भैरहवामा छन् । बिहीबार भैरहवाबाट पूर्वराजा ज्ञानेन्द्र गोरखपुरतर्फ प्रस्थान गर्ने उनका संवाद सचिव फणीराज पाठकले बताए । पाठकका अनुसार गोरखपुर भ्रमणका क्रममा पूर्वराजा शाहले भारतको उत्तर प्रदेश राज्यका […]