
Lnp
Djs
Sgr
Rgp1
pku
Pes
sbs
Gfs
Srbpu
Pbu
cjs
Unsku
Ggp
Rgp

Hal
Ssm
Sbs
Bbu
Tsm
Vor
Rgu
Bbbpu
Rgs
Sls
nsb
Pvg
Ksm
Gst
Ggd
Rgu
Wsp
Asm
Rsb

Rmb
bbt
Bml
Syp
Abd
Pls
Mks
Ptm
sab
Jmb
Jmb
Rpp
Gsb
काठमाडौँ । संघीय संसदको हिउँदे अधिवेशन सुरु
भएको छ । अधिवेशन अन्तर्गत प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली सहित राजनीतिक दलका शीर्ष नेताले मन्तव्य राख्ने कार्यसूची छ ।
त्यस्तै सङ्घीय संसद् सचिवालयले सार्वजनिक गरेको दुवै सदनका सम्भावित कार्यसूचीअनुसार प्रतिनिधिसभाको पहिलो दिनको बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्न सदस्यहरू मनोनयन गर्ने छन् । त्यसपछि बैठकमा ६ वटा अध्यादेश समेत पेस गर्ने कार्यसूची छ ।
यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ पेस गर्दैछन् । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८१’, ‘निजीकरण (पहिलो संशोधन) अध्यादेश, २०८१’ र ‘आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ पेस गर्दैछन् ।
त्यस्तै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ र ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ पेस गर्दै छन् ।
