मकवानपुरको सानो पोखराबाट ८ हजार क्याप्सुल ट्रामाडोल सहित ५ जना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर–५,स्थित सानो पोखराबाट ठुलो परिमाणमा लागुऔषध (ट्रामाडोल) बरामद गरेको छ । बिहीबार ८ हजार ३ सय क्याप्सुल ट्रामाडोल बरामद गरिएको मकवानपुरका एसपी सुवास बोहराले रातोपाटीलाई बताए । लागुऔषध कारोबारमा संलग्न ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । त्यस्तै पक्राउ पर्नेमा हेटौँडा उपमहानगरपालिका–२ बस्ने ३५ वर्षीय राजीव लामा,बकैया […]

एमालेसंग प्रतिस्पर्धा गर्ने कुनै दल छैन:महेश बस्नेत

दाङ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)एमाले का पोलिटब्यूरो सदस्य महेश बस्नेतले कुनै पनि दलले एमालेसँग प्रतिस्पर्धा गर्न नसक्ने बताएका छन् । राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेशले बिहीबार तुलसीपुरमा आयोजना गरेको प्रदेश स्तरीय जागरण सभालाई सम्बोधन गर्दै बस्नेतले एमालेको इतिहास, संगठन र जनसमर्थनका आधारमा अन्य कुनै दलले एमालेसँग प्रतिस्पर्धा गर्न नसक्ने ठोकुवा गरे। ‘एउटै घाटमा […]

गढवामा विद्यालय स्तरीय कुष्ठरोग स्क्रिनिङ कार्यक्रम सुरु

दाङ । देउखुरीको गढवा गाउँपालिकाको समन्वयमा विद्यालयस्तरमै कुष्ठरोग पहिचानका लागि बिहीबारदेखि स्क्रिनिङ कार्यक्रम सुरु गरिएको छ। नेपाल महिला सामुदायिक सेवा केन्द्र,फेयर मेड फाउन्डेशन नेपाल र प्रेरणा परियोजनाको आर्थिक तथा प्राविधिक सहयोगमा सुरु गरिएको उक्त कार्यक्रमअन्तर्गत आज (बिहीबार) गढवा गाउँपालिका–३ स्थित सरस्वती माध्यमिक विद्यालय, बिद्यानगर गोबरडिहामा विद्यार्थीहरूको स्वास्थ्य परीक्षण गरिएको हो। कार्यक्रममा १ सय ११ जना […]

रवि लामिछाने र छविलाल जोशीको मुद्दा माथि उच्च अदालतमा बहस सुरु

काठमाडौं । सहकारी ठगीसम्बन्धी अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दामा आज बहस सुरु भएको छ। त्यस्तै उनीहरुबीच उच्च अदालत बुटवलमा न्यायधिशद्वय वासुदेव आचार्य र ओमप्रसाद अर्यालको संयुक्त इजलासमा बहस सुरु भएको हो । रविको तर्फबाट बहसमा महेन्द्र पाण्डेय, नारायण कँडेल लगायतका कानुन व्यवसायी सहभागी […]

रिटायर आइजिपी खापुङलाई विदेश जान रोक,आयोगको स्वीकृतिबिना उपत्यका छाड्न नपाउने

काठमाडौं । आजदेखि सेवा निवृत्त भएका नेपाल प्रहरीका आइजिपी चन्द्रकुवेर खापुङलाई विदेश जान रोक लगाइएको छ। भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगको आजको बैठकले खापुङलाई विदेश जान रोक लगाउने निर्णय गरेको हो । साथै आयोगको अनुमतिबिना खापुङ काठमाडौं उपत्यका छाडेर बाहिर जान पनि पाउने छैनन् । त्यस्तै सरकारले जेनजी पुस्ताको आन्दोलनका घटनाबारे पूर्वन्यायाधीश […]

गुल्मीको रेसुङ्गा विमानस्थलमा आजदेखि सातामा ४ पटक हवाई उडान सुरु

गुल्मी । आजदेखि रेसुङ्गा विमानस्थलमा साताको ल चार पटक हवाई उडान सुरु भएको छ । नेपाल वायुसेवा निगम रेसुङ्गा स्टेशनका प्रमुख सुमन थापाले आजदेखि पुनः नियमित रुपमा साताको चार पटक हवाई उडान सुरु भएको जानकारी दिए । त्यस्तै नेपाल वायुसेवा निगमको ट्वीनअटर जहाज बिग्रिएपछि विगत पाँच महिनादेखि जिल्लामा सातामा एक पटक बिहीबार मात्र हवाई उडान […]

विद्युत काटिएका २१ उद्योगहरुले बुझाए बक्यौता रकमको पहिलो किस्ता

दाङ । लामो समयदेखि विद्युत महसुल तिर्न अस्वीकार गर्दै आएका केही उद्योगहरुले पहिलो किस्ता बुझाएका छन् । नेपाल विद्युत प्राधिकरणका अनुसार लाइन काटेका २५ मध्ये अहिलेसम्म २१ वटा उद्योगले विद्युत महसुलको पहिलो किस्ता बुझाएका छन् । ती उद्योगको कुल चार अर्ब ९४ करोड ३० लाख रुपैयाँ बक्यौतामध्ये पहिलो किस्ताबापत १७ करोड ४६ लाख रुपैयाँ बुझाएका […]

नवनियुक्त आईजीपी दानबहादुर कार्कीलाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौँ । नवनियुक्त आईजीपी दानबहादुर कार्कीले दर्ज्यानी चिह्न प्रदान गरिएको छ । बिहीबार गृह मन्त्रालयमा आयोजित विशेष समारोहका बिच कार्कीलाई दर्ज्यानी चिह्न प्रदान गरिएको हो । त्यस्तै उनलाई गृह सचिव रामेश्वर दंगालले दर्ज्यानी चिह्न लगाइदिएका हुन् । प्रहरीको ३३औं आईजीपीका रुपमा कार्कीले बिहीबारदेखि नै आफ्नो कमाण्ड सम्हाल्नेछन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई प्रहरी महानिरीक्षक […]

लमही नगरपालिकामा धान भण्डारणका लागि सम्भावित भवनहरुको खोजि

दाङ । किसानबाट खरिद गरिएको धानलाई भण्डारण गर्न सम्भावित भवनहरुको खोजि गरिएको छ । लमही नगरपालिकाका कार्यबाहक नगर प्रमुख लक्ष्मी योगी,खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य कार्यालय तुलसीपुरका गुणस्तर अधिकृत रोशन श्रेष्ठ,सूचना अधिकृत शक्तिराम डाँगी, लमही नगरपालिका कृषि शाखाका गंगा चौधरी लगायतको टोलीले भण्डारणका लागि उपयुक्त स्थानको अध्ययन गरेको हो । टोलिले लमही नगरपालिका–३ […]

जेनजी आन्दोलनका क्रममा प्रहरीलाई डोरीले बाँधेर अमानवीय व्यवहार गर्ने व्यक्ति पक्राउ

झापा । प्रहरीले जेनजी आन्दोलनका क्रममा झापाको इलाका प्रहरी कार्यालय अनारमनी र जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडमा कार्यालय तथा सवारी साधनमा ढुङ्गामुढा, तोडफोड र आगजनी गर्ने ६ जनालाई पक्राउ गरेको छ । त्यस्तै प्रहरी कर्मचारीमाथि ज्यान मार्ने उद्देश्यले अमानवीय व्यवहार गरेको आरोपमा थप एक जना पक्राउ परेको कोशी प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको हो । […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]