
Pbu
Gisld
Rbs
Sds
mbd
Mbdvs

Rgu
Wsp
Rsb
Ssm
Ksm
Tsm
Bbu
Rgu
Hal
Asm
Bbbpu
Pvg
Rgs
Vor
nsb
Sls
Gst
Sbs
Ggd

Pls
bbt
Rmb
Abd
Jmb
Rpp
Ptm
Gsb
Syp
Bml
sab
Jmb
Mks
दाङ । देउखुरीको गढवा गाउँपालिकाले सामाजिक सुरक्षा तथा पञ्जीकरण सेवाको प्रभावकारिता अभिवृद्धि गर्ने उद्देश्यले वडा सचिवहरुका लागि रिफ्रेस तालिम सुरु गरेको छ ।
गाउँपालिकाका सबै आठ वडाका सचिव र सम्बन्धित कर्मचारी सहभागी रहेको तीनदिने तालिम गाउँपालिकाको सभाहलमा सञ्चालन भइरहेको हो । तालिम उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले सेवा प्रवाहलाई गुणस्तरीय र नागरिकमैत्री बनाउन यस्ता तालिम उपयोगी हुने बताए । उनले सामाजिक तथा पञ्जीकरणसम्बन्धी कार्यसम्पादनका क्रममा देखिने समस्या समाधानका लागि तालिम महत्वपूर्ण हुने उल्लेख गर्दै सहभागीहरुलाई सिकेका कुरा व्यवहारमा उतार्न आग्रह गरे ।
गढवा गाउँपालिका पञ्जिकरण शाखा प्रमुख ऋषिराम यादवका अनुसार तिन दिने रिफ्रेस तालिम सामाजिक सुरक्षा भत्ता वितरण, व्यक्तिगत घटना दर्ता तथा अभिलेख व्यवस्थापनमा एकरूपता र पारदर्शिता कायम गर्न गरिएको छ । कार्यक्रममा वडा सचिवसँगै कम्प्युटर अपरेटरहरुको समेत सहभागिता रहेको छ ।
गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा वरिष्ठ लेखा अधिकृत खिमलाल वली, प्रशासन शाखा प्रमुख भरत केसी,आन्तरिक लेखापरीक्षक कृष्ण आचार्य लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण गाउँपालिकाको पञ्जीकरण शाखा प्रमुख ऋषिराम यादवले गरेका थिए ।
