
pku
Rgp1
Rgp
cjs
Lnp
Ggp
Gfs
Sgr
Pes
sbs
Pbu
Unsku
Djs
Srbpu
दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ५ काे विकट पहाडी गाउँका स्थानीय बासिन्दालाई गाउँमै सहज स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले करङ्गेकाेटमा सामुदायिक स्वास्थ्य इकाई स्थापना गरिएको छ । स्वास्थ्य इकाई स्थापना गरिएपछि स्थानीय बासिन्दाले गाउँमै आधारभूत स्वास्थ्य सेवा पाउने भएका छन् । सामान्य टाउको दुख्दा पनि यहाँका बासिन्दाले घण्टाैकाे पैदल बाटो हिडेर सिसहनियाँ स्वास्थ चाैकी […]
काठमाडौँ । ललितपुरमा थप दुई जना व्यक्तिलाई हैजा पुष्टि भएको छ । यो सँगै देशभर हैजा सङ्क्रमितको सङ्ख्या २५ जना पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार २४ घण्टामा ललितपुरका दुई जनामा हैजा सङ्क्रमण पुष्टि भएको हो । त्यस्तै काठमाडौँ उपत्यकाका दुई जिल्ला काठमाडौँको टोखाका १ जनामा […]
दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ५ करङ्गेकाेटमा शनिबार (भोलि) विशेषज्ञ सेवा सहितको एक दिने नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । राप्ती गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा नवनिर्मित करङ्गेकाेट सामुदायिक स्वास्थ्य इकाईकाे भवनमा शिविर सञ्चालन हुने स्वास्थ्य शाखा प्रमुख नारायण राउतले जानकारी दिएका छन् । शिविरमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका इमर्जेन्सी विभाग प्रमुख […]
धनगढी । धनगढीको नोभा हस्पिटल ढुंगामुढा प्रहार हुनथालेपछि तनाव सिर्जना भएको छ । कञ्चनपुर बेलौरीका १७ वर्षका नसिब चौधरीलाई सामान्य अवस्थामा ल्याइएको तर अस्पतालको लापरवाहीका कारण मृत्यु भएको भन्दै आक्रोशित आफन्तले ढुंगामुढा प्रहार गर्दै तोडफोड गर्न खोजेका छन् । प्रहरीले स्थिति नियन्त्रणमा लिन तीन राउण्ड अश्रुग्यास प्रहार गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार […]
चितवन । वर्षा याम सुरु भएसंगै चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । तीन सय जनाको परीक्षणका क्रममा उनीहरुमा डेङ्गु सङ्क्रमण देखिएको हो । सङ्क्रमितमध्ये ५१ जना चितवनका हुन् । जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख दिनेश रुपाखेतीका अनुसार यस वर्ष इच्छाकामना गाउँपालिकामा डेङ्गुको सङ्क्रमण बढेको छ । गाउँपालिकामा हालसम्म ४५ जनामा डेङ्गुको सङ्क्रमण देखिएको उनले […]
सुदूरपश्चिम । एडिस एजिप्टाई जातको लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने डेङ्गुको सङ्कमण बढ्न थालेको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दीपायलले पाँच महिनायता प्रदेशमा एक सय ६१ व्यक्ति डेङ्गु रोगबाट सङ्क्रमित भएको जनाएको छ। तीमध्ये डोटीमा ४९, कञ्चनपुरमा २७, अछाममा ३४ र कैलालीमा १२, बाजुरामा १५, बैतडीमा तीन, बझाङमा चार, दार्चुलमा १३ र डडेल्धुरामा पाँच व्यक्ति […]
काठमाडौँ । पछिल्लो समय देशैभर मनसुन सक्रिय भएसंगै डेंगु संक्रमण बढ्न थालेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार ११ दिनको अवधिमा १६४ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । पुस मध्यदेखि असार ९ सम्म १२ सय ६८ जनामा देखिएको डेंगु असार १९ मा आइपुग्दा १४ सय ३२ जनामा फेला परेको हो […]
दाङ । राप्ती गाउँपालिका १ पाखापानी स्थित रामजहदी सामुदायिक वन क्षेत्रबाट बिच्किएर पाखापानी गाउँमा पसेको चित्तललाई कुकुरले लखेटिरहेको अवस्थामा स्थानीयको घरभित्र पसेपछि स्थानीय उपभोक्ताहरूको सहयोगबाट कुकुरको आक्रमणबाट बचेको थियो। अन्दाजी ५५ किलो तौल भएको उक्त चित्तलको उचाइ अढाई फुट र लम्बाइ पाँच फुट रहेको छ। रातो भुईमा सेतो खुट्टा भएको अत्यन्त राम्रो लोक उन्मुख वन्यजन्तु […]
काठमाडौं । पछिल्लो समय बर्खा लागेसंगै डेंगु सङ्क्रमणको जोखिम बढ्न थालेको छ । एक पटक डेंगु भइसकेको मानिसलाई फेरि डेंगु हुँदा जोखिम बढ्ने चिकित्सकहरूले बताएका छन् । चिकित्सकका अनुसार पहिलो पटक डेंगु सङ्क्रमण हुँदा अधिकांशमा डेंगुको ‘सेरोटाइप–१’ हुन्छ । फेरि डेंगु सङ्क्रमण हुँदा अधिकांशमा ‘सेरोटाइप–२’, ‘सेरोटाइप–३’ वा ‘सेरोटाइप–४’ हुने सम्भावना रहन्छ । डेंगुको ‘सेरोटाइप–१’ भइसकेका […]