जेन-जीको एक समूहद्वारा माइतीघरमा धर्ना,देशभर सम्मेलनको माग

काठमाडौं । जेन-जीको प्रतिनिधित्व गर्ने एक समूहले सबै जिल्लामा जेन-जी सम्मेलन गर्न माग गरेको छ। जेन-जीका मागका सम्बन्धमा सरकारको ध्यानाकर्षण गराउन आज माइतीघरमा धर्ना दिने क्रममा उनीहरुले सबै जिल्लामा जेन-जी सम्मेलन र काठमाडौंमा केन्द्रीय सम्मेलनको आयोजना गर्ने वातावरण बनाउन सरकारसँग माग गरेको हो । त्यस्तै उनीहरुले आफूहरु एकजुट हुँदै एकता र समर्पण खोजिरहेको बताए । […]

जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु, ५ जना गम्भीर घाइते

रुकुम पश्चिम । रुकुम पश्चिमको झारमारेमा जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । अन्य ५ जना गम्भीर घाइते भएका छन् । त्यस्तै अहिले घटना स्थलमा उद्धारको काम चलिरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । अहिलेसम्म ८ जनाको शव फेला परेको र ५ जना गम्भीर घाइते रहेको प्रहरीले जनाएको छ । प्रहरीका […]

नागरिकको सुरक्षा नै प्रहरीको पहिलो भुमिका हो:एआईजी चतुर्वेदी

कपिलवस्तु । नेपाल प्रहरीका एआईजी उमा प्रसाद चतुर्वेदीले नागरिकको सुरक्षा नै प्रहरीको कर्तव्य भएको बताएका छन् । एआइजी चतुर्वेदीले समुदायको विश्वास र सहकार्य बिना प्रभावकारी प्रहरी सेवा सम्भव नहुने बताएका छन् । कपिलवस्तुको कृष्णनगरमा कृष्णनगर उद्योग वाणिज्य संघले आयोजना गरेको “एआईजी सम्मान कार्यक्रम”मा बोल्दै उनले भने, “नेपाल प्रहरी केवल कानूनी निकाय होइन, यो समाजको अभिन्न […]

जिप दुर्घटना हुँदा एक जनाको मृत्यु

दार्चुला । मार्मा गाउँपालिका वडा नम्बर –३, दानीखेतमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आज बिहान लटिनाथबाट सार्सीतर्फ जाँदै गरेको सु प प्र ०१ ००१ ज १६६२ नम्बरको जिप दानीखेतमा दुर्घटना भएको हो । उक्त दुर्घटनामा परी जिपका मालिक ३४ वर्षीय करबिरसिंह ठगुन्नाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विक्रम शाहीले […]

नयाँ पाईलामा दुर्व्यसनी दाजुभाइलाई एका घरको दिदीबहिनीद्वारा भाइ टीका कार्यक्रम सम्पन्न

दाङ । नयाँ पाईला पुनर्स्थापना केन्द्रमा दुर्व्यसनी दाजुभाइहरुलाई एका घरको दिदीबहिनीले तिहारको भाइ टीका लगाइ दिएका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९, बिजौरी,हाडिमे दाङमा रहेको राप्ती अञ्चलकै पहिलो संस्था नयाँ पाईला पुनर्स्थापना केन्द्रमा दुर्व्यसनीका उपचाररत दाजुभाइलाई दिदीबहिनीहरुले टीका लगाइदिएको केन्द्रका कार्यकारी निर्देशक सुरेश भुसालले जानकारी दिए । केन्द्रले प्रत्येक वर्ष यसैगरी तिहारको अवसरमा दुर्व्यसनी […]

लमहीमा बसको ठक्करबाट एक वृद्वको मृत्यु

दाङ । देउखुरीको लमहीमा बसको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती गाउँपाकिका वडा नम्बर -५ सिंगे निवासी करिब ६५ वर्षीय रामप्रसाद भट्टराई रहेको वडा प्रहरी कार्यालय लमहीका प्रमुख रोषणराज पाण्डेले जानकारी दिएका छन् । पूर्वपश्चिम राजमार्ग अन्तर्गत लमही नगरपालिका -५ लमही बजार प्रतिष्ठा पेट्रोल पम्प नजिकै आज दिउँसो १ बजेको समयमा […]

सुशासन प्रवर्द्धन र समाज रुपान्तरण सरकारको प्राथमिकताःमुख्यमन्त्री आचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले तिहार पर्वले सामाजिक एकता, सद्भाव र भ्रातृत्वको भावना बलियो बनाउन सहयोग गर्ने विश्वास व्यक्त गरेका छन् । तिहार–२०८२ का अवसरमा जारी शुभकामना सन्देशमा उहाँले सत्य, न्याय र सकारात्मक सोचतर्फ समाजलाई उन्मुख गराउने तिहारको मूल्य र सन्देशलाई आत्मसात् गर्न सबैलाई आग्रह गरेका छन् । मुख्यमन्त्री आचार्यले नेपालीहरूको मौलिक सांस्कृतिक […]

तिहारको खुख्य दिन आज भाइटीका लगाउने उत्तम साइत बिहान ११ बजेर ३९ मिनेटमा

काठमाडौँ । आज तिहारको मुख्य दिन भाइटीका मनाइँदैछ । आज दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा,आस्था र निष्ठाका साथ दीर्घायु,आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ । प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको छैटौँ दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् । आजको दिनलाई यमद्वितीया पनि […]

दुर्गा मूर्ति विसर्जनका क्रममा डुबेर तीन जनाको मृत्यु

रुपन्देही । रुपन्देहीको गैडहवा गाउँपालिका वडा नम्बर ६,सूर्यपुराघाटमा बुधबार दुर्गा मूर्ति विसर्जन गर्ने क्रममा तीन जना युवाको डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा मायादेवी गाउँपालिका-१,का १३ वर्षीय अजय हरिजन, १५ वर्षीय दीपु हरिजन र २८ वर्षीय रोहित हरिजन रहेकाे रुपन्देही जिल्लाका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सुरज कार्कीले जानकारी दिए । त्यस्तै प्रहरीका अनुसार दानव […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]