
Ppu

Usb
Hl1
Gsb
Tsb
Ssb

Nps
ptl
Rgu
दाङ । देउखुरीको राप्ती गाउँपालिकाले फोहोरमैला व्यवस्थापनको समस्या समाधान गर्न ७ सदस्यीय समिति गठन गरेको छ ।
मंगलबार बसेको गाउँकार्यपालिका बैठकले उपाध्यक्ष कमलापति चौधरीको संयोजकत्वमा समिति बनाएर ३० दिनभित्र आवश्यक व्यवस्था मिलाउने जिम्मेवारी दिएको हो ।
समितिमा वडा नम्बर १ का अध्यक्ष गेमे खड्का, वडा नम्बर २ का अध्यक्ष पहलवान चौधरी,वडा नम्बर ३ का अध्यक्ष उमेश अधिकारी,वडा नम्बर ४ का अध्यक्ष विरबहादुर चौधरी, कार्यपालिका सदस्य सावित्री चौधरी,इन्जिनियर अशोक बेल्वासे र खानेपानी तथा सरसफाइ शाखा प्रमुख गीता चौधरी सदस्य सचिवका रुपमा रहेका छन् ।
समितिले पहिल्यै थुप्रिएको फोहोरको परिमाण पत्ता लगाई सुरक्षित र दिगो व्यवस्थापन गर्ने योजना बनाउने छ । स्थानीयसँग निरन्तर समन्वय गर्दै सरसफाइ केन्द्रमा देखिएका समस्या समाधान गर्ने, कुहिने–नकुहिने फोहोर छुट्याउने तथा प्रशोधन र सुरक्षित विसर्जनका उपाय लागू गर्ने जिम्मा समितिलाई दिइएको छ ।
त्यस्तै सरसफाइकर्मीले पञ्जा,मास्क,बुटलगायत सुरक्षा सामग्री अनिवार्य रुपमा प्रयोग हुने वातावरण बनाउने,केन्द्रको नियमित सञ्चालन तथा मर्मत–सम्भारमा ध्यान दिने कार्य पनि समितिले गर्नेछ ।
