
Ggp
Lnp
Pes
Srbpu
Pbu
Ses
Sgr
Djs
Rgp1
Rgp
cjs
pku
Unsku
Gfs

nsb
Bbu
Vor
Bbbpu
Ksm
Hal
Gst
Rgs
Rsb
Ssm
Sbs
Tsm
Ggd
Rgu
Asm
Pvg
Rgu
Sls
Wsp

Ptm
Rmb
Gsb
Jmb
Pls
Syp
Mks
Bml
sab
Jmb
Rpp
bbt
Abd
दाङ । देउखुरीको गढवामा सहकारी शिक्षा तथा व्यवस्थापन सम्बन्धि तालिम बिहीबार आज सम्पन्न भएको छ ।
क्रियटिङ पोसिबिलिटिज नेपालको आयोजना तथा गढवा गाउँपालिकाको समन्वय र सहकार्यमा सहकारी संस्थाका सदस्य तथा शेयर सदस्यहरुका लागि सहकारी शिक्षा तथा व्यवस्थापन सम्बन्धि तालिम भएको हो ।
तालिममा बोल्दै गढवा गाउँपालिका उपाध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि शारदा कुमारी चौधरीले गढवा गाउँपालिकाले सहकारीहरुलाई प्रेरित गर्दै आवस्यक प्राविधिक सहयोग, लेखापरीक्षण तथा क्षमता अभिवृद्धि तालिमको व्यवस्था गर्ने बताए ।
हामी सबैले मिलेर सहकारी संस्थाहरुलाई सक्षम बनाऔं र समुदायको समग्र विकासतर्फ अग्रसर बन्ने बिचार ब्यक्त गरे । कार्यक्रममा सहभागी सदस्यहरुले तालिमबाट प्राप्त ज्ञानले आफ्ना संस्थाहरुको व्यवस्थापन सुधार्ने र सदस्यहरुबीच विश्वास निर्माणमा मद्दत पुग्ने बताएका थिए । केहीले वित्तीय अभिलेखरक्षण,ऋण व्यवस्थापन र सदस्यता विस्तारका व्यावहारिक तरिकाबारे सोधेपछि प्रशिक्षकहरुले प्रश्नोत्तर सत्रमार्फत स्पष्ट दिशानिर्देश दिएका थिए ।
तालिमको समापनमा आयोजक संस्था क्रियटिङ पोसिबिलिटिज नेपाल र गढवा गाउँपालिकाका प्रतिनिधिहरुले सहभागीहरुलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनहरुमा थप अभ्यासात्मक तालिम र अनुगमनको व्यवस्था गरिने जानकारी दिएका थिए। कार्यक्रमले स्थानीय सहकारी संस्थाहरुको क्षमता विकासका लागि सकारात्मक संकेत दिएको र भविष्यमा समुदायस्तरीय आर्थिक विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
गढवा गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष लेखबहादुर थापाको अध्यक्षता तथा गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीको प्रमुख आतिथ्यमा भएको तालिममा उनको बचत तथा ऋण सहकारी संस्थाका करिब एक सय भन्दा बढी सहभागिलाई तालिम दिइएको हो ।
तालिमको प्रशिक्षकमा गढवा गाउँपालिका सहकारी शाखाका प्रमुख अशोक कुमार यादव र गाउँपालिका स्तरीय सहकारी सञ्चारका अध्यक्ष बेगम बहादुर गहतराज रहेका थिए ।
सहकारी शाखा प्रमुख यादवले सहकारीको अर्थ मुल्य मान्यता,सहकारीको बिबिध कानुनि व्यवस्थाको बारेमा विस्तृत रुपमा जानकारी गराएका थिए भने सञ्जालका अध्यक्ष गहतराजले वित्तिय साक्षरता तथा आधारभूत सहकारी शिक्षाको बारेमा कलास दिएका थिए । कार्यक्रमको सहजीकरण महिला शसक्तिकरण कार्यक्रमकी संयोजक सरिता चौधरीले गरेकि थिइन् ।

