गढवाको पचहियामा दूध सङ्कलन तथा बिक्री उपकेन्द्रको उद्घाटन

दाङ । देउखुरीको गढवा गाउँपालिका वडा नम्बर २ स्थित पचहियामा दूध सङ्कलन तथा बिक्री उपकेन्द्रको उद्घाटन गरिएको छ । गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले उपकेन्द्रको उद्घाटन गरेका हुन् । गढवा सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडका अध्यक्ष शोभा राउत क्षेत्रीको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष पोख्रेल प्रमुख अतिथि रहनुभएको थियो भने वडा नम्बर […]

मतदाताको राय सल्लाह सुझाव संकलनमा ब्यस्त काङ्ग्रेस उम्मेदवार योगेन्द्र चौधरी

दाङ । आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेपाली काङ्ग्रेस दाङ क्षेत्र नम्बर १ का उम्मेदवार योगेन्द्र चौधरीले  घरदैलो अभियानलाई तिब्र पारेका छन । शुक्रबार घोराही उपमहानगर पालिका वडा नम्बर १,२,३मा ‘चौधरीले स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै मतदाताको राय सल्लाह, सुझाव लिए । यसैगरी उनले मतदाता समक्ष आफ्ना चुनावी एजेन्डा र भावी योजनाबारे जानकारी दिए । […]

हृदयघातका कारण वरिष्ठ कलाकार सुनील थापाको निधन

काठमाडौँ । नेपाली तथा भारतीय चलचित्र क्षेत्रका दिग्गज कलाकार सुनील थापाको आज बिहान निधन भएको छ। मुटुमा समस्या देखिएपछि थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा उनको हृदयाघातका कारण मृत्यु भएको हो । कलाकार संघका अध्यक्ष मोहन निरौलाले उनको निधनको पुष्टि गरेका छन् । शंखमुलस्थित अपार्टमेन्टमा बस्दै आउनुभएका थापा लामो समयदेखि कला क्षेत्रमा सक्रिय थिए। त्यस्तै नेपाली […]

ज्ञान ज्योति मोडेल स्कुल लमहीको २९ औँ वार्षिकोत्सव कार्यक्रम सम्पन्न

दाङ । ज्ञान ज्योति मोडेल स्कुल लमहीको २९औँ वार्षिकोत्सव कार्यक्रम शुक्रबार विविध कार्यक्रमका साथ भव्य रुपमा सम्पन्न भएको छ।विद्यालयका प्रिन्सिपल राजु यादवको अध्यक्षता तथा शिक्षा विकास तथा समन्वय इकाई दाङका प्रमुख देवमणि चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । वार्षिकोत्सव कार्यक्रमको उद्घाटन सत्रमा प्रमुख अतिथि चौधरीले शिक्षाको गुणस्तर सुधारमा शिक्षकको भूमिकालाई विशेष रूपमा जोड […]

गढवामा उद्यमी महिला समूहद्वारा सामूहिक प्याज खेती

दाङ । देउखुरीको गढवा गाउँपालिका वडा नम्बर ७ घोराहामा उद्यमी महिला समूहले सामूहिक रुपमा प्याज खेती सुरु गरेका छन् । गढवा गाउँपालिकाद्वारा सञ्चालित भिटा परियोजना अन्तर्गत गठित लालीगुराँस उद्यमी महिला समूहका सदस्यहरुले आयआर्जनका लागि सामूहिक प्याज खेती थालेका हुन्। लालीगुराँस उद्यमी महिला समूहकी अध्यक्ष मञ्जु चौधरीका अनुसार २६ जना महिला सदस्यहरुले पालिका तथा भिटा परियोजनाको […]

मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

काठमाडौं । ‘राष्ट्र, राष्ट्रियता धर्म सँस्कृति र नागरिक बचाउन महाअभियान नेपाल’का संयोजक दुर्गा प्रसाईं पक्राउ परेका छन् । काठमाडौंको दक्षिणकाली नगरपालिकाको चाल्नाखेलबाट शुक्रबार आज प्रसाईं पक्राउ परेका हुन् । निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै निर्वाचन आयोगले प्रहरीको साइबर ब्युरोलाई पत्र पठाएको थियो । सोही आधारमा प्रसाईंलाई पक्राउ गरिएको ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक दीपकराज अवस्थीले जानकारी […]

बैतडीमा जन्ती बोकेको बस दुर्घटना हुँदा ८ जनाको मृत्यु

बैतडी । बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा परेर ८ जनाको मृत्यु भएको छ । पुर्चाैडी नगरपालिका –७ को भौनीबाट जन्ती लिएर फर्किने क्रममा सोही वडाको बढ्गाउँ मोडमा बस दुर्घटनामा परेको हो । सुप प्र ०२ ००१ ख १११९ नम्बरको बस दुर्घटनामा परेर ८ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी दिपक कुमार रायले जानकारी दिए […]

रौतहटमा रास्वपा उम्मेदवार आलम चढेको गाडीको ठक्करबाट बालिकाको मृत्यु

रौतहट । रौतहट निर्वाचन क्षेत्र नम्बर २ मा रास्वपाका उमेदवार आलम चढेको गाडीले ठक्कर दिदा एक बालिकाको मृत्यु भएको छ । रास्वपाका उम्मेदवार सगिर आलम चढेको गाडीको ठक्करबाट बिहीबार दिउँसो इशनाथ नगरपालिका वडा नम्बर ४ मठियाकी चार वर्षिया अल्फा खातुनको ज्यान गएको हो । चुनाव प्रचारकै क्रममा रहेको बेला दिउँसो २:३० बजेको समयमा बा१५च ४२४४ […]

दाङमा २७ लाख बराबरको अवैध जिमका सामान बरामद

दाङ । अमिलियामा प्रहरीले भन्सार छली ल्याइएका लाखौँ मूल्यका जिमका सामानहरु नियन्त्रणमा लिएको छ । लमही नगरपालिका वडा नम्बर ९ स्थित अमिलिया चोकमा गएराति गरिएको विशेष चेकिङका क्रममा ती सामान बरामद गरिएको हो । इलाका प्रहरी कार्यालय अमिलियाबाट खटिएको प्रहरी टोलीले बुटवलबाट धनगढी तर्फ जाँदै गरेको युके ०६ सिबी ४६३३ नम्बरको भारतीय ट्रकलाई चेकजाँच गरेको […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]